दक्षिण 24 परगना, 9 जून (हि.स.)। दक्षिण 24 परगना जिल्लाको कुलतली थाना अन्तर्गत काठखली क्षेत्रमा गए आइतवार राती भएको एक सड़क दुर्घटनामा दुई वर्षीय बालकको ज्यान गयो। बालकको नाम प्रदीप मण्डल हो। प्राप्त जानकारी अनुसार गए आइतवार राती बालक आफ्नी आमासित सड़कमा हिँड़डुल गरिरहेको थियो। यसै अवधि जामतला बजार तिरबाट द्रूत गतिमा आएको ईँटा लादिएको एउटा इञ्जीन भ्यानले उसलाई ठक्कर दियो। प्रत्यक्षदर्शीहरूले बताए, ठक्कर लागेपछि गम्भीर रूपमा घाइते बालकलाई स्थानीय मानिसहरूले कुलतली जयनगर ग्रामीण अस्पतालमा
पुऱ्याए जहाँ उपस्थित डाक्टरहरूले बालकलाई मृत घोषित गरिदिए।
बालकको मृत्युको कारणले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। आक्रोशित मानिसहरूले आरोपी इञ्जन भ्यानको चालकलाई कड़ा सजाय दिनुपर्ने मागगरेका छन्। कुलतली थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ। चालकलाई पक्राउ गरी इञ्जन भ्यानलाई जफ्त गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा