सात वर्षीय बालिकासित अश्लील कृत्य, पुलिसले मुद्दा दर्ता गरी आरोपीलाई समात्यो
सात वर्षीय बालिकासित अश्लील कृत्य, पुलिसले मुद्दा दर्ता गरी आरोपीलाई समात्यो


नयाँ दिल्ली, 9 जून (हि.स.)। उत्तरी जिल्लाको सब्ज़ी मण्डी थाना क्षेत्रमा 7 वर्षीय अबोध बालिकासित अश्लील व्यवहार गरिएको घटना सामु आएको छ। यो घटना सोमवार बिहान लगभग 9:30 बजे भएको हो जतिबेला बालिका आफ्नो घर बाहिर खेलिरहेकी थिई। पीड़िताले आफूसित भएको व्यवहारको बारेमा आफ्नी आमालाई बताई जसले तुरून्त आफ्ना पतिलाई अवगत गराइन्। त्यसपछि पीसीआर कल गरियो अनि पीड़िता आफ्नी आमासित सब्जीमण्डी थानामा पुगी।

पीड़िताको बयानको आधारमा पुलिसले पोक्सो एक्ट अनि बीएनएसको सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले तत्परता देखाउँदै आरोपी मोहम्मद शहिम उपनाम करियालाई पक्राउ गरेको छ।

पुलिस मामिलाको जाँचमा जुटेको छ। बालिकालाई उचित काउन्सिलिंग र मेडिकल सहायता उपलब्ध गराइँदैछ। पुलिस सूत्रले बताए मुताविक घटनाबारे थाहा लागेपछि स्थानीय मानिसहरूले आरोपीलाई समातेर गण धुलाई गरे। घाइते आरोपीलाई नजिकैको अस्पतालमा भर्ती गरिएको थियो जहाँ प्राथमिक उपचारपछि उसलाई छुट्टी दिइएको छ। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande