कोलकाता, 09 जून (हि. स.)। पश्चिम बंगालमा बितेको 24 घण्टाभित्रमा कोभिड-19 को 54 नयाँ मामिला प्रकाशमा आएको छ जसबाट राज्यमा सक्रिय मामिलाहरूको संख्या बढ़ेर 747 पुगेको छ। सो जानकारी केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा सोमवार जारी आँकड़ाबाट प्राप्त भएको हो।
स्वास्थ्य मन्त्रालय अनुसार यस अवधिमा 53 जना रोगीहरूले संक्रमणबाट पूर्ण रूपले रिकभरी गरेका छन्। राहतको कुरा के छ भने बितेको 24 घण्टाभित्रमा कोभिडको कारणले राज्यमा कसैको पनि मृत्यु भएको छैन। अहिले पनि मृतकको संख्या एकमै कायम छ।
कोभिड-19 को मामिलामा यो सामान्य वृद्धि यस्तो समयमा भएको छ जतिबेला अधिकांश क्षेत्रहरूमा संक्रमण नियन्त्रणमै छ। तर स्वास्थ्य विशेषज्ञहरूको भनाइ छ, सामान्य लक्षहरूलाई उपेक्षा गर्नु हुँदैन। जाँच र निगरानी जारी राख्नुपर्छ।
राज्य सरकारले अहिलेसम्ममा यस मामिलामा कुनै प्रकारको विशेष अलर्ट जारी गरेको छैन, तर सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले मानिसहरूलाई सतर्क रहने तथा स्वास्थ्य दिशानिर्देशहरूलाई पालन गर्ने अपील गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा