सिलगढ़ीः तीन राउण्ड फायरिङ गरेको आरोपमा मादक व्यापारी पक्राउ, आग्नेयास्त्र जफ्त
सिलगढ़ीः तीन राउण्ड फायरिङ गरेको आरोपमा मादक व्यापारी पक्राउ, आग्नेयास्त्र जफ्त


सिलगढ़ी, 09 जून (हि. स.)। सिलगढ़ीको देवीडांगा क्षेत्रमा गोली चलेको घटनाले सम्पूर्ण क्षेत्रलाई सन्त्राष फैलाएको छ। सोमवार देवीडांगा बजारलाई पूर्णरूपले बन्द राखिएको छ। प्रधान नगर थानाको पुलिसले क्षेत्रमा गस्ती गरिरहेको छ।

वास्तवमा गए राती प्रधान नगर थाना अन्तर्गत देवीडांगा बजार क्षेत्रमा अचानक तीनवटा गोली चलेको थियो जसले गर्दा क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। घटनाको खबर पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो।कारबाही गर्दै अबेर राती पुलिसले घटनास्थलबाट आरोपीलाई पक्राउ गऱ्यो।

आरोपीको नाम दीपक कामती हो। आरोपीबाट पुलिसले आग्नेयास्त्र पनि जफ्त गरेको छ। स्थानीय मानिसहरूको आरोप छ, दीपक कामतीले क्षेत्रमा मादक पदार्थको व्यापार गर्दछ जसले गर्दा स्थानीय युवाहरू नशाको कुलतमा फस्दै गइरहेका छन्।

यसको विरोधमा गए राती भोला बारोईले आवाज उठाएका थिए। आरोप छ, आवाजलाई दमन गर्नको लागि मादक व्यापारी दीपकले उनको घर अगाड़ि तीन राउण्ड गोली चलायो। घटनालाई परिणाम दिएपछि आरोपी भाग्यो। घटनाको सूचना पाउनसाथ प्रधान नगर थानाको पुलिसले तत्काल कारबाही गर्दै आरोपी दीपकलाई देवीडांगा क्षेत्रबाट पक्राउ गऱ्यो। पुलिसले आरोपीबाट आग्नेयास्त्र पनि जफ्त गरेको छ। भोला बारोईको घर अगाड़िबाट गोलीको सेल पनि जफ्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande