मुर्शिदाबादमा हतियार सहित कुख्यात अपराधी पक्राउ
मुर्शिदाबादमा हतियार सहित कुख्यात अपराधी पक्राउ


बहारमपुर, 9 जून (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्ला अन्तर्गत बहारमपुरमा सोमवार पुलिसले ठूलो सफलता हासिल गऱ्यो। गुप्त सूचनाको आधारमा छापा मारेर पुलिसले एकजना कुख्यात अपराधीलाई अवैध हतियारहरू सहित पक्राउ गरेको छ।

बहारमपुर थाना अन्तर्गत शिलपुर क्षेत्रमा मसुद शेख (30) अवैध हतियारहरू सहित उपस्थित रहेको पुलिसलाई सूचना प्राप्त भएको थियो। त्यसपछि पुलिसले अपरान्ह योजना बनाएर त्यो क्षेत्रलाई घेराबन्दी गरी छापा माऱ्यो। यस अवधि मसुद शेखलाई ठाउँबाटै समातियो। पक्राउपछि आरोपीको कब्जाबाट हतियारहरूको भण्डार जफ्त गरियो जसमा तीनवटा 7 एमएमको पेस्तोल, छःवटा म्यागजिन, दशवटा जिउँदो कारतूस सामेल छन्।

प्रारन्भिक जाँचमा थाहा लागे अनुसार आरोपी मसुद शेखले हतियारहरूलाई मुर्शिदाबादको फरक्कादेखि ल्याएको थियो जसलाई रानी नगर क्षेत्रमा कसलाई सुम्पिने योजना थियो। पुलिसले अब यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि हतियार मगाउने को थियो र यसको उदेश्य के थियो?

जाँचबुझको लागि आरोपीलाई अदालतमा पेश गरिनेछ जहाँबाट रिमाण्डमा लिएर अग्रिम कराबाही गरिनेछ। यस पक्राउलाई मुर्शिदाबादमा अवैध हतियारहरूको नेटवर्कविरूद्ध एउटा ठूलो सफलता मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande