गान्तोक, 09 जून (हि.स.)। पत्र सूचना कार्यालय (पीआईबी), गान्तोकले सिक्किम सरकारको सूचना तथा जनसम्पर्क (आईपीआर) विभाग, पाकिमको सहयोगमा भोलि पाकिममा मिडिया अन्तरक्रिया कार्यक्रम वार्तालाप आयोजना गरिरहेको छ। एक दिने यस कार्यक्रममा वरिष्ठ पत्रकार, नोकरशाह र जनप्रतिनिधिहरू सार्थक चर्चामा सामेल हुनेछन्। उक्त जानकारी पीआईबी गान्तोकले आज दिएको छ।
उद्घाटन सत्रमा जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, जिल्ला उपाध्यक्ष प्रभा प्रधान र एडीसी पाकिम साङ्गे ग्याछो भोटिया उपस्थित हुनेछन्।
पहिलो सत्रमा 2047 सम्ममा विकसित भारतको लागि सामूहिक प्रयास र सिक्किमको भूमिकामाथि प्यानल चर्चा हुनेछ। प्यानलमा पाकिमका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, पशुपालन तथा पशु चिकित्सा सेवाकी अतिरिक्त निर्देशक डा. अञ्जला प्रधान र मत्स्य विभागकी सहायक निर्देशक गौरी मुखिया सामेल हुनेछन्। सत्रको सञ्चालन डीआईओ डिकी भोटियाले गर्नेछिन्।
दोस्रो सत्र अन्तरराष्ट्रिय योग दिवस 2025 अघि विकसित भारतलाई प्राप्त गर्नमा मानसिक स्वास्थ्य र योगको भूमिकामाथि केन्द्रित हुनेछ। अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा र चिकित्सा अधिकारी डा. कुलजन लामाले स्रोतवक्ताका रूपमा भाग लिनेछन् र सत्रको सञ्चालन पत्रकार डिल्लीराम दुलालले गर्नेछन्।
तेस्रो तथा अन्तिम सत्र सहभागीहरूसँग चर्चा र प्रश्नोत्तर सत्र हुनेछ।
पृष्ठभूमि:वार्तालाप पत्र सूचना कार्यालय (पीआईबी) द्वारा साना शहर र ग्रामीण क्षेत्रका पत्रकारहरूसँग आयोजित मिडिया सम्मेलन हो, जसको उद्देश्य जमिनी स्तरमा भारत सरकारका विभिन्न योजना/कार्यक्रमहरूबारे जागरूक गर्नु र ग्रामीण मिडियालाई यस्तो सूचनाको प्रसारको लागि गुणक प्रभाव सिर्जना गर्नु हो।
यो कार्यक्रम पछिल्लो महिना गान्तोकमा भएको वार्तालाप कार्यशालाको सफल आयोजनापछि भइरहेको छ, जसमा राज्य र राष्ट्रिय स्तरसँग सम्बन्धित विभिन्न सान्दर्भिक मुद्दाहरूमाथि चर्चा गरिएको थियो साथै पत्रकारहरूसँग केन्द्रिय कल्याणकारी योजनाहरूमाथि पनि चर्चा गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल