रेलवेको महत्वपूर्ण फसेला, दिघा-पाँशकुड़ा रूटमा विशेष लोकल ट्रेनको सेवा अवधिलाई 22 जूनसम्म बढ़ायो
रेलवेको महत्वपूर्ण फसेला, दिघा-पाँशकुड़ा रूटमा विशेष लोकल ट्रेनको सेवा अवधिलाई 22 जूनसम्म बढ़ायो


दिघा, 09 जून (हि.स.)। पश्चिम बंगालको सबैभन्दा लोकप्रिय समुद्री पर्यटन स्थलहरूमध्ये एक दिघामा बढ़्दो पर्यटकहरूको दबावलाई मध्यनजर गर्दै दक्षिण-पूर्व रेलवेले एक महत्वपूर्ण फसेला लिएको छ। दिघा-पाँशकुड़ा रूटमा परिचालन हुने दुईवटा विशेष लोकल ट्रेनको सेवा अवधिलाई 9 जूनदेखि बढ़ाएर 22 जूनसम्म बनाइएको छ। यो निर्णय यात्रीहरूको माग अनि बढ़्दो भीड़लाई ध्यानमा राखेर लिइएको हो।

रेलवे अधिकारीहरू अनुसार गत अप्रेल महिनाको शुरूमा यी विशेष ट्रेनहरूलाई शुरू गरिएको थियो। ताकि गर्मीको छुट्टी अनि धार्मिक आयोजन अवधि यात्रीहरूलाई राहत होस्। रेलवेको यस पहललाई यात्रीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो जसपश्चात यसलाई विस्तार गर्ने निर्णय लिइयो।

दिघा हरेक वर्ष गर्मीको छुट्टीमा लाखौं पर्यटकहरूको रूचिकर गन्तव्य स्थल बन्दछ। समुद्र तटमा स्नान तथा जगन्नाथ मन्दिरको दर्शन गर्नका लागि पर्यटकहरू टाड़ा-टाड़ाबाट आउने गर्दछन्। हालका वर्षहरूमा दीघाको लोकप्रियतामा लगातार वृद्धि देखिएको छ। यसबाट नियमित लोकल ट्रेनका सेवाहरूमाथि अत्यधिक दबाव परेको छ। यात्रीहरूले बस्ने ठाउँ समेत पाइरहेका थिएनन्।

रेलवेको यस घोषणाको पछाड़ि आगामी 12 जूनमा आयोजना भइरहेको 'श्रीजगन्नाथ देवको स्नान यात्रा' पनि एक प्रमुख कारण हो। यस धार्मिक अवसरमा दीघामा ठूलो संख्यामा श्रद्धालुहरू आउने सम्भावना छ। त्यसैले रेलवेले विशेष ट्रेनहरूको सेवालाई जारी राखेर यात्रीहरूको सुविधा सुनिश्चित गर्ने प्रयास गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande