घरको छत भत्किएर बालकको मृत्यु
घरको छत भत्किएर बालकको मृत्यु


नयाँ दिल्ली, 9 जून (हि.स.)। सोमवार बिहान नांगलोई क्षेत्रमा अवस्थित एउटा घरको छत अचानक भत्किएर तल झऱ्यो। यस दुर्घटनामा घरमा उपस्थित दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए। दुवैलाई अवशेषहरूबाट निकालेर नजिकैको सञ्जय गान्धी अस्पतालमा लगिय जहाँ डाक्टरहरूले आठ वर्षीय वंशलाई मृत घोषित गरिदिए भने साबिरको उपचार भइरहेको छ।

दमकल विभागका निदेशक अतुल गर्गले बताए, सोमवार बिहान 7.12 बजे दमकल विभागलाई कमरुद्दीन नगर नांगलोई दीपांशु पब्लिक स्कूलको नजिकै अवस्थित एउटा घरको छत भत्किएर झरेको सूचना प्राप्त भयो। सूचना पाउनसाथ घटनास्थलमा पुगेका चारवटा वाहन सहित दमकलकर्मीहरूले घरको अवशेषभित्र पुरिएका दुईजना मानिसहरूलाई बाहिर निकालेर अस्पतालमा भर्ती गराए। तर डाक्टरहरूले बालकलाई मृत घोषित गरिदिए। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande