श्रीनगरमा पीडीपी विरोधी मार्च विफल, धेरैजना पार्टी कार्यकर्ता अनि नेताहरू हिरासतमा
श्रीनगरमा पीडीपी विरोधी मार्च विफल, धेरैजना पार्टी कार्यकर्ता अनि नेताहरू हिरासतमा


श्रीनगर, 01 जुलाई (हि.स.)। जम्मू-कश्मीर पुलिसले मंगलवार श्रीनगरमा आयोजित पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)- को विरोध मार्चलाई विफल बनाइदियो। केही पार्टी कार्यकर्ता अनि नेताहरूलाई हिरासमा लिइएको छ जसले प्रशासनिक विफलता अनि बढ़्दो जन सिकायतहरूको विरोधमा प्रदर्शन गर्ने प्रयास गरिरहेका थिए।

पीडीपी नेता औ कार्यकर्ताहरू लाल चौक तर्फ मार्च गर्नका लागि पार्टी मुख्यालय नजिक भेला भएका थिए, तर क्षेत्रमा तैनाथ पुलिस बलले उनीहरूलाई रोक्यो। प्रदर्शनकारीहरूले नाराबाजी शुरू गर्नसाथ सतर्कतास्वरूप सुरक्षा बलहरूले केही पार्टी कार्यकर्ता अनि नेताहरूलाई हिरासतमा लिए। हिरासतमा लिइएका मानिसहरूमा मोहम्मद खुर्शीद आलम, अब्दुल हक खान, जहुर मीर, आरिफ लैगरू, इकबाल ट्रंबू, यासिन भट औ नूर मोहम्मद सामेल छन्।

वरिष्ठ पीडीपी नेताहरूले प्रशासनमाथि लोकतान्त्रिक अधिकारहरूको हनन गरेको आरोप लगाउँदै भने, विरोध प्रदर्शनको उदेश्य अनियमित बिजुली अनि पानीको आपूर्ति, बेरोजगारी तथा कथित नोकरशाहको उदासीनता जस्ता मुदाहरूलाई उजागार गर्नुथियो।

गुलाम नबी लोन (हँजुरा)-ले भने, हाम्रो ध्येय विरोध प्रदर्शन गर्नु थिएन। पिउने पानी छैन, बिजुलीको बिल दिन-प्रतिदिन महँगो हुँदै गइरहेको छ, कश्मीरीरी युवाहरूलाई बाहिरका जेलहरूमा राखिँदैछ। हामी उनीहरूको फिर्तीको माग गर्न चाहन्थ्यौं। उमर अब्दुल्ला र एलजीको निरंकुश सरकारमाथि एकपटक सरसर्ती हेरौं। हामीलाई विरोध प्रदर्शन गर्ने अनुमति पनि छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande