दार्जिलिङको साउथफिल्ड कलेजमा बीसी रोयको जन्मोत्सव पालन
दार्जिलिङको साउथफिल्ड कलेजमा बीसी रोयको जन्मोत्सव पालन


दार्जिलिङ, 01 जुलाई (हि.स.)। साउथफिल्ड कलेजमा आज बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बङ्गाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जिलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड कलेजको स्थापना भएको थियो। आज उनको जन्म दिवसमा कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा एउटा कार्यक्रमको आयोजना गरेर कलेजले बीसी रोयलाई स्मरण गरे।

उनले तत्कालीन समयमा महिला कलेजको स्थापना गरेर दार्जिलिङका महिलालाई शिक्षाप्रति आकर्षित गरेका थिए। कार्यक्रममा कलेजका प्राचार्य डा अनुराधा राईले उनको योगदानबारे अवगत गराए।

स्मरण रहोस, डा विधानचन्द्र रोयको जन्म तत्कालीन बेङ्गल प्रेसीडेन्सीका पटनामा 1 जुलाई, 1882 मा भएको थियो। उनी एकजना डाक्टर सर्जन साथै राजनीतिज्ञ थिए। उनले बङ्गालमा धेरै शैक्षिक संस्थान अनि शहरहरूको निर्माणमा आफ्नो योगदान पुऱ्याएका थिए।

बङ्गालको सल्टलेक, कल्याणी, दुर्गापुर आदि शहरहरू बसाउनमा उनको महत्वपूर्ण योगदान रहेको थियो। साथै वर्तमान समयको साउथफिल्ड कलेज पुरानो लरेटो कलेजको स्थापनामा पनि डा बीसी रोयको योगदान अतुलनीय रहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande