खरसाङ नगरपालिकाद्वारा राष्ट्रिय चिकित्सक दिवस पालन, चिकित्सकहरु सम्मानित
खरसाङ नगरपालिकाद्वारा राष्ट्रिय चिकित्सक दिवस पालन


खरसाङ, 01 जुलाई (हि.स.)। खरसाङ नगरपालिका अध्यक्षको प्रेक्षागृहमा आज राष्ट्रिय चिकित्सक दिवस पालन गरियो। खरसाङ नगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत दुईजना डाक्टरहरूलाई पनि राष्ट्रिय चिकित्सक दिवस को बधाई एवं शुभकामना व्यक्त गरियो। खरसाङ नगराध्यक्ष ब्रिगेन गुरूङ एवं उपाध्यक्ष सुवास प्रधान लगायत खरसाङ नगरपालिका कर्मचारी र एसडब्ल्युएम प्रोजेक्ट अन्तर्गत कार्यरत्‌ निर्मल साथीहरूले डाक्टरहरूलाई खदा लगाएर बधाई एवं शुभकामना व्यक्त गरे।

चिकित्सकहरूलाई आगामी दिनहरूमा नगरवासीहरूको हितमा स्वास्थ्य जाँच शिविर सञ्चालन गरी सेवा प्रदान गरिदिन अनुरोध गरियो। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 20 मा रहेको पशु अस्पताल मा कार्यरत् पहाडकै चेली डाक्टर सुडेनला छिरिड भोटियालाई पनि उनको कार्यालयमा पुगेर नगराध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुवास प्रधान, छोटा बाबु रवि प्रधान अनि कर्मचारी प्रेम तामाङले खदा लगाएर बधाई एवं शुभकामना दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande