खरसाङ, 01 जुलाई (हि.स.)। खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो झरेर अमृता लामाको घरको देवल भत्किएको छ भने तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति पुऱ्याएको जानकारी प्राप्त भएको छ। दिउँसो 2:30 बजीतिर खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 17 मा पैह्रोले एक क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले बताए।
उनले बताए अनुसार, उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरिएको थियो। खरसाङ नगरपालिका एसएई सञ्जय थापा अनि सोनाम लामाले निरीक्षण गरी खरसाङ महकुमा कार्यालय रिलिफ विभागमा जानकारी गराइएको थियो, तर उक्त देवाल मरमत्ति कार्य गर्न सरकारी नियम अनुसार कागजपत्र तयारी गर्दागर्दै आजको पानीले ठूलो क्षति हुन पुग्यो। पीडित परिवारहरुलाई गाउँ समाजले सुरक्षित ठाउॅंमा राखेको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक