डा. रायको जन्मदिनमा रक्तदान शिविर आयोजित
डा. रायको जन्मदिनमा रक्तदान शिविर आयोजित


सिलगढ़ी, 01 जुलाई (हि.स.)। दार्जिलिङ जिल्ला तृणमूल महिला कंग्रेस (समतल)-को तर्फबाट डा. बिधान चन्द्र रायको जन्मदिन मंगलवार धुमधामसितले मनाइयो। यस अवसरमा एक रक्तदान शिविरको आयोजन गरियो। रक्तदान शिविरको आयोजन बाघाजतिन पार्कमा गरियो। यस दिन सबैभन्दा पहिला डा. बिधान चन्द्र रायको तस्वीरमा माल्यार्पण गरी शिविरको शुरूआत गरे। यस अवधि दार्जिलिङ जिल्ला तृणमूल महिला कंग्रेस (समतल)- की अध्यक्ष सुष्मिता सेनगुप्ता, पापिया घोष सहित तृणमूल कंग्रेसका जिल्ला नेता तथा कार्यकर्ता सामेल भए। शिविरमा पुरूषहरूसँगसँगै महिलाहरूले स्वैच्छिक रक्तदान गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande