कोलकाता, 01 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार एक एक्स पोस्टको माध्यमबाट जानकारी दिइन्, न्यूटाउन (एक्शन एरिया-3) स्थित आईटीसी लिमिटेडको नयाँ आईटी औ आईटीईएस क्याम्पसलाई अक्युपेंसी सर्टिफिकेट दिइएको छ। यो परियोजनालाई राज्यको औद्योगिक विकासको दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।
यो अत्याधुनिक क्याम्पस पश्चिम बंगाल हाउसिंग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशनद्वारा आवन्टित 17 एकड़ भूमिमा स्थापना भएको छ। सम्पूर्ण क्याम्पसमा एक हाईराइज़ अफिस टावर, एक डेडिकेटेड नलेज सेन्टर औ एक बिज़नेस सपोर्ट सेन्टर सहित तीन प्रमुख भवहरू छन्। क्याम्पसको कुल 14.5 लाख वर्ग फुट तयार भइसकेको जसले यसलाई राज्यका सबैभन्दा विशाल आईटी परिसरहरूमध्ये एक बनाउँछ।
मुख्यमन्त्री अनुसार यस परियोजनामा लगभक एक हजार दुई सय करोड़ रुपियाँ निवेश गरिएको छ भने प्रारम्भिक चरणमै यसबाट पाँच हजारभन्दा अधिक प्रत्यक्ष नोकरी सृजना हुनेछ। यसको साथै राज्यमा तकनिकी क्षेत्रमा रोजगारको नयाँ अवसर खोलिनेछ।
मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, यस क्याम्पसको संचालन यथाशीघ्र शुरू हुनेछ जसबाट पश्चिम बंगाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निवेशको लागि एक प्रमुथ गन्तव्यको रूपमा अझ सशक्त भएर उदाउनेछ। उनले यो पनि आशा व्यक्त गरिन्, डिजीटल तथा टेक्नोलजी आधारित कम्पनीहरू अब पश्चिम बंगालमा निवेश गर्नको लागि अधिकआकर्षित हुनेछन्। राज्य सरकार तथा उद्योग जगतलाई आशा छ, आईटीसीको यो नयाँ आईटी क्याम्पसले औद्योगीकरणलाई मात्र गति दिनेछैन युवा पिँढ़ीको लागि पनि नोकरीको उत्तम अवसर लिएर आउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा