-जदयू कार्यालयमा पहिलो पटक टाँसियो मोदी र नीतीशको तस्वीर
पटना, 1 जुलाई (हि.स.)। बिहार विधानसभा चुनाउ जति-जति नजिकँदै गइरहेको छ उति-उति राजनीतिक दलहरूको सक्रियता बढ़्दै गइरहेको छ। यो सक्रियता विपक्ष सहित सत्ता पक्षमा पनि देखिँदैछ। यसबीच सत्ता पक्षले आफ्नो सशक्तता प्रदर्शन गर्ने संकेत दिरहेको छ। वास्तवमा पहिलो पटक जनता दल यूनाइटेड (जदयू)- को पटनास्थित प्रदेश कार्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीका तस्वीरहरू औपचारिक रूपमा राखिएको छ। यी पोस्टरहरूमा मुख्यमन्त्री नीतीश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटै फ्रेममा देखिएको छ। यो कदमले बिहारको राजनीतिमा सम्भावित नयाँ दिशा तर्फ इशारा गर्दछ।
भारतीय जनता पार्टी (भाजपा)-सित नीतीश कुमारको सम्बन्धलाई नियालेर हेर्नु हो भने नीतीश कुमारको भाजपासित दुई दशकदेखिकै सम्बन्ध रहिआएको छ। यसबीच उनी तीन वर्षसम्म महागठबन्धन (राजद र कंग्रेस)-को अंग पनि रहे, तर जदयूको पार्टी कार्यालयमा पीएम मोदीका तस्वीरहरूलाई सार्वजनिक रूपमा तथा पूर्ण प्रचारात्मक ढंगमा स्थान दिइएको यो पहिलो पटक हो।
जदयू कार्यालयमा टाँसिएका पोस्टरहरूमा बिहारको विकासलाई केन्द्रमा राखिएको छ। पोस्टरहरूमा नारा पनि लेखिएको छ जसमा
महिलाले पाए रोजगार — नीतीश र मोदीको सरकार
रोजगारको अर्थ — नीतीश औ मोदीको सरकार
यी नाराहरूको माध्यमबाट जनतालाई यो सन्देश दिने चेष्टा गरिएको छ, यदि दुवै नेता एक ठाउँमा आए बिहार अझ् सशक्त ढंगमा अगाड़ि बढ़्नसक्छ। यो परिवर्तन पोस्टरसम्म मात्र सीमित छैन जबकि एक राजनीतिक सन्देश पनि हो। भाजपा र जदयू पछिल्लो केही वर्षदेखि छुट्टिएको भए पनि वर्ष 2025-को विधानसभा चुनाउलाई ध्यानमा राखेर एकपटक फेरि गठबन्धन हुने सम्भावना देखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा