कोलकाता, 01 जुलाई (हि.स.)। कोलकाताको कसबास्थित ल कलेजमा छात्रासित भएको सामूहिक दुष्कर्मको घटनाले सम्पूर्ण राज्यलाई झक्झकाएको छ। मामिलालाई लिएर जनाक्रोश अनि राजनीतिक बयानबाजी भइरहेको समय मंगलवार कोलकात पुलिसले एउटा कड़ा निर्देशिका जारी गऱ्यो। यसमा स्पष्ट भनिएको छ, यदि कुनै व्यक्तिले पीड़िताको पहिचान उजागार गर्ने चेष्टा गरे सम्बन्धित व्यक्तिविरूद्ध कड़ा कानुनी कारबाही गरिनेछ।
कोलकाता पुलिसले बयानमा भनेको छ, केही मानिसहरूले पीड़िताको नीजि दस्तावेज वा अन्य माध्यमहरूबाट उसको पहिचान उागार गर्ने प्रयास गरिरहेका छन् जुन कानूनको गम्भीर उल्लंघन हो।पुलिसले चेताउनी दिएको छ, यदि कुनै व्यक्तिले यसप्रकारको प्रयास गर्छ भने व्यक्तिविरूद्ध कठोर कानूनी प्रावधानहरू अन्तर्गत कारबाही गरिनेछ।
पुलिसले सर्वसाधारण जनतासित अपील गरेको छ, उनीहरूले कुनै पनि माध्यमबाट यस्तो कुनै विवरण साझा नगरून् जसबाट पीड़िताको पहिचान सार्वजनिक होस्। यो अनैतिक मात्र नभएर कानूनी रूपमा दण्डनीय पनि छ।
यसबीच गए सोमवार अधिवक्ता सत्यम सिंहले सुप्रीम कोर्टमा याचिका दर्ता गरी यस मामिलाको सीबीआई जाँच गराउने माग गरेका छन्। उनको याचिकामा तृणमूल कंग्रेसका सांसद कल्याण बन्द्योपाध्याय र विधायक मदन मित्राको ‘अवाञ्छनीय टिप्पणी’-हरूको पनि उल्लेख गरिएको छ। साथै हाई कोर्टमा पनि यस घटनालाई लिएर दुई भिन्न-भिन्नै जनहित याचिका दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा