कोलकाता, 01 जुलाई (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीको पूर्ववर्ती शिक्षण संस्थान योगेशचन्द्र चौधुरी ल कलेजले एक महत्वपूर्ण निर्णय लिँदै आफ्ना पासआउट विद्यार्थीहरूमाथि कड़ा प्रतिबन्ध लागू गरिदिएको छ। छात्र संघद्वारा जारी नयाँ निर्देशिका अनुसार अब कलेजबाट पास भएपछि कुनै पनि विद्यार्थीले आगामी पाँच वर्षसम्म कलेजको कुनै पनि कार्यक्रममा सामेल हुन पाउने छैन।
यो फसेला यस्तो समयमा लिइएको छ जतिबेला कसबास्थित ल कलेजमा एकजना छात्रासित भएको सामूहिक दुष्कर्मको मामिलाले राज्यभरिका कलेज परिसरहरूमा पूर्व विद्यार्थीहरूको भूमिकालाई लिएर बहस शुरू भएको छ। गत फरवरी महिनामा यसै कलेजमा सरस्वती पूजाको अवसरमा बाहिरका मानिसहरू प्रवेश गरेकोमा विवाद भएपछि कलकत्ता उच्च अदालतले कलेज प्रशासनलाई बाहिरका मानिसहरू अनि पूर्व विद्यार्थीहरूको प्रवेशमाथि कड़ाई अप्नाउने निर्देश दिएको थियो।
छात्रसंघद्वारा जारी अधिसूचनामा भनिएको छ, पासआउट विद्यार्थीहरूलाई कलेजमा प्रवेश वा कुनै कार्यक्रममा आमन्त्रण गरिनेछैन। तथापि सरस्वती पूजा, पूर्व छात्रहरूक फुटबल/क्रिकेट म्याच जस्ता केही विशेष आयोजनहरूको लागि अपवाद राखिएको छ। यस अतिरिक्त यदि कुनै पासआउट विद्यार्थी पाँच वर्षभित्रमा कुनै विशेष उपलब्धिको लागि सम्मानित हुन्छ भने त्यस परिस्थितिमा उसलाई कलेज परिसरमा प्रवेश गर्ने अनुमति दिइनेछ।
स्मरण गराइन्छ, मुख्यमन्त्री ममता ब्यनर्जी यसै ल कलेजकी पूर्व छात्रा हुन् भने छात्र संघको बयानमा यस कुरालाई विशेष रूपमा उल्लेख गरिएको छ।
यो कड़ा कदम त्यस संवेदनशील पृष्ठभूमिमा उठाइएको छ जसमा कसबास्थित साउथ कलेजमा एकजना छात्रासित कलेज परिसरभित्र रहेको गागर्ड रूममा कथित रूपमा बलात्कार भयो। यस मामिलामा कलेजका दुईजना छात्र अनि एकजना पूर्व छात्रलाई पक्राउ गरिएको छ। आरोपीहरू तृणमूल छात्र परिषदसित सम्बन्धित रहेको कुरा सामु आएपछि राजनीतिक जगतमा ठूलो खैलाबैला शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा