कोलकाता, 01 जुलाई (हि. स.)। कसबा ल कलेज काण्डका आरोपी मनोजीत मिश्रासित सम्बन्धित अर्की पीड़िता सामु आएकी छे जसले आरोप लगाएकी छे, वर्ष 2023-मा दक्षिण कोलकाताको बजबज क्षेत्रमा कलेजको पिकनिक अवधि उसित मनोजीतले बर्बरता गरेको थियो। पीड़िताले भनी, उ र उसकी अर्की सीनियर पनि मनोजीतको कुकृत्यको शिकारी भइसकेका छन्।
पीड़िताले बताई, त्यसबेला मैले चुप लागेर गल्ती गरेको थिएँ। हिम्मत गरेर सिकायत गरेको भए मेरी जुनियर बहिनीलाई आज यस्तो हुने थिएन।
पीड़िता अनुसार उसले वर्ष 2023-मा कलेजको पढ़ाई शुरू गरिसकेकी थिई। कलेजका सीनियर्सले बगानबाड़ीमा पिकनिक आयोजन गरेका थिए जसमा उ पनि गएकी थिई। अपरान्ह उक्त छात्रले एउटा कोठामा रक्सी खाइरहेको थियो। सोही समय फोनमा आफ्ना पितासित बातचित गर्नको लागि पीड़िता खाली कोठाको बरण्डामा गई।
पीड़िता अनुसार म फोनमा बात गरिरहेकी थिएँ अचानक पछिबाट मनोजीत ममाथि झम्टियो। उसले मलाई समातेर बलजफ्ती छुन थाल्यो। मैले विरोध गर्दा उसले मेरो गलामा टोकिदियो अनि मेरो कान तानिदियो। रगत बग्नथाल्यो। मेरो चित्कास साउण्ड बक्सको आवाजमा दबियोस् भनेर उसले भोल्युम बढ़ाइदियो।
पीड़िताले बताई, उसले मेरो प्यान्टको बेल्ट तानेर भत्काइदियो, मेरो अण्डरगारमेन्टसम्म फटाइदियो। त्यसपछि उसले भन्यो, एक पटक मलाई सबै कुरा दे, म कालीघाटमा रहेको आफ्नो दश बिघा जमीन तेरो नाममा गरिदिन्छु। पीड़िताले हिम्मत देखाएर उसको गुप्तांगमा लात्ताले दिइन् अनि त्यहाँबाट भागिन्। तर पछि उ तल बेञ्चमा बसिरहेको बेला मनोजीत फेरि आएर उसित अश्लील कृत्य गर्नथाल्यो।
‘अटो र ट्रेनमा पनि उत्श्रृखंल व्यवहार गरियो’-
पिकनिकबाट फर्किँदा मनोजीतले पीड़िताको अटोमा बस्ने प्रयास गर्नथाल्यो, तर अन्य छात्राहरूले उसलाई रोक्यो। तथापि ट्रेनमा उसले फेरि उसको प्यान्टमा हात लगाउने चेष्टा गऱ्यो जसपश्चात पीड़िताले सबै सामु थप्पड़ लगाइन्।
‘डरले गर्दा महिनौंसम्म चुप बसेँ’-
पीड़िता र उसकी सीनियरले कलेज प्रशासन औ पुलिससित सिकायत गर्ने योजना बनाएका थिए, तर मनोजीतका साथीहरूले उनीहरूलाई धम्काए। उनीहरूले सिलगढ़ीस्थित पीड़िताको घर, पिताको व्यापार अनि बहिनीको बारेमा जानकारी गराउँदै उनीहरूलाई मार्ने अनि एसिड अट्याक गर्ने धम्की दिए।
पीड़िताको भनाइ छ, राति 12:30 बजीपछि मलाई व्हाट्सएप कलमा गाली गर्थ्यो। डरले गर्दा महिनौंसम्म कलेज नै आइनँ। पुलिससित पनि सम्पर्क गरेँ। तर अहिले यस्तो लाग्छ, त्यसबेला केही गरेको भए आज यो दिन कसैलाई पनि देख्नु पर्दैनथ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा