फकिरग्राममा गोमांस सहित एक पक्राउ
फकिरग्राममा गोमांस सहित एक पक्राउ


- फकिराग्राम शहरमा गोरूको मासुको खोजीमा पुलिसको छापा

कोकराझाड़ (असम), 1 जुलाई (हि.स.)। फकिराग्रामको जामे मस्जिद नजिकै अवस्थित इस्लाम होटलबाट मंगलवार पुलिसले गोरूको मासु सहित एकजना व्यक्तिलाई पक्राउ गऱ्यो। यस अभियानको नेतृत्व फकिराग्राम थानाका प्रभारी अधिकारी बुशिङ बे र पुलिस उपाधीक्षक नवीनता शर्माले गरेका थिए।

पुलिस अनुसार पक्रा पर्ने व्यक्तिको पहिचान फकिराग्रामको कुदालधोवा गाउँ निवासी मोहम्मद अबुल शेखका पुत्र आइजुल हक (45)- को रूपमा गरिएको छ। इस्लाम होटलबाट पकाइएको मासु सहित लगभग दश किलोग्राम काँचो मासु पनि जफ्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande