अखिलेश यादवको जन्मदिनमा संकट मोचन मन्दिरमा सपा कार्यकर्ताहरूले गरे विशेष पूजा
अखिलेश यादवको जन्मदिनमा संकट मोचन मन्दिरमा सपा कार्यकर्ताहरूले गरे विशेष पूजा


वाराणसी, 01 जुलाई (हि.स.)। समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवको 52औं जन्मदिनमा मंगलवार जिल्लाभरि नै सपा कार्यकर्ताहरू उत्साहपूर्वक विविध आयोजनमा जुटेका छन्। यसै क्रममा पार्टीको युवा एकाई युवजन सभाका प्रदेश महासचिव अजय फौजीले श्री संकट मोचन मन्दिरमा विशेष श्रद्धापूर्वक पूजा-अर्चना गरे।

अजय फौजीले लगभग 2 सय मीटर साष्टांग दण्डवत गर्दै मन्दिरसम्मको यात्रा पूरा गरे अनि संकटमोचन हनुमानजीका चरणहरूमा शिश निहुराएर अखिलेश यादवको दीर्घ एवं स्वस्थ जीवनको प्रार्थना गरे। यस अवधि उनको समर्पण बटुवा अनि श्रद्धालुहरूमाझ आकर्षणको केन्द्र भयो।

मन्दिर परिसरमा सपा कार्यकर्ताहरूले सामूहिक रूपमा हनुमान चालीसाको पाठ गरे अनि आगामी वर्ष 2027-मा अखिलेश यादवलाई पुनः उत्तर प्रदेशको मुख्यमन्त्री बनाउने संकल्प लिए। पूजापछि कार्यकर्ताहरूले मन्दिर बाहिर बटुवाहरूमा प्रसाद पनि वितरण गरियो। यसै क्रममा पार्टीका अन्य कार्यकर्ताहरूले शिवपुर पुरानी चुंगी नजिक भगवान जगन्नाथलाई खीरको भोग अर्पण गरे अनि श्रद्धालुहरूबीच प्रसाद वितरण गरे।

शहरमा सपा कार्यकर्ताहरूले आफ्ना नेताको जन्मदिनलाई भक्ति, सेवा औ संकल्पको साथमा मनाइरहेका छन्। मन्दिरहरूमा दर्शन-पूजन, यज्ञ-हवन, प्रसाद वितरण औ रक्तदान जस्ता कार्यक्रमहरूको माध्यमबाट पार्टी कार्यकर्ताले जन्मदिन मनाइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande