कोलकाता, 01 जुलाई (हि.स.)। साउथ कलकत्ता ल कलेजमा पढ़्ने 24 वर्षीय छात्रासित भएको सामूहिक दुष्कर्मको घटनापछि मंगलवार कलेजका विद्यार्थीहरूले कलेज परिसर बाहिर व्यापक प्रदर्शन रे। उनीहरूले यस घटनालाई लिएर आक्रोश व्यक्त गर्दै कलेज प्रशासनसित तत्काल ठोस कदम उठाउने माग गरे।
विद्यार्थीहरूले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै न्यायको माग गरे। प्रदर्शनकारीहरूले भने, कलेजको गभर्निंग बडीमा व्यापक सुधारको खाँचो छ जसमा विद्यार्थीहरूको प्रतिनिधिलाई पनि सामेल गर्नुपर्छ ताकि भविष्यमा स्ता घटनाहरूको पुनरावृत्ति नहोस्।
एकजना छात्रले भने, यस घटनामा सामेल कुनै पनि व्यक्तिलाई हाम्रो कलेजमा बस्ने अधिकार छैन। अर्को छात्राले भनिन्, हाम्रा माता-पिताले हामीलाई कलेजमा यो सोचेर पठाउँछन् कि यहाँ हाम्रो सुरक्षाको ध्यान राखिनेछ, तर सट्टामा हामीले के पायौं? कलेजमा सुरक्षाको नाममा केही पनि छैन।
घटनापछि कलेज प्रशासनले कारबाही गर्दै मुख्य आरोपी मनोजीत मिश्रा जो कलेजका एडहक कर्मचारी थिए,- को सेवालाई समाप्त गरिदिएको छ। यस अतिरिक्त ग्यांगरेपको आऱोपमा फसेका अन्य दुईजना छात्रहरूलाई कलेजबाट निष्कासित गरिदिएको छ।
प्रदर्शनकारी विद्यार्थीहरूले कलेज परिसरमा निष्पक्ष तथा स्वतन्त्र गभर्निंग बडी गठन गर्ने माग गरेका छन् जसमा विद्यार्थीहरूको सहभागिता पनि सुनिश्चित गरियोस्। उनीहरूको भनाइ छ, कलेजमा परदर्शिता अनि सुरक्षा नहुञ्जेलसम्म सुरक्षा हुनेछैन, तबसम्म हामी हात बाँधेर बस्नेछैनौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा