कोलकाता, 1 जुलाई (हि.स.)। कोलकातामा हालैमा तृणमूल कंग्रेस छात्र परिषद (टीएमसीपी)-का पूर्व नेता मनोजित मिश्रा विरूद्ध एउटा नयाँ विवादले जन्म लिएको छ जसले राज्यका कलेजहरूमा राजनीतिक प्रभावबाट हुने नियुक्तिहरूमाथि प्रश्न उठाएको छ। मिश्रा जो सामूहिक बलात्कार मामिलाका मुख्य आरोपी हुनd, दक्षिण कोलकाता ल कलेजमा अस्थायी कर्मचारीको रूपमा नियुक्त थिए भने अलिपुर अदालतमा मिश्राले वकालत पनि गरिरहेका थिए। उमाथि केही आपराधिक मामिला दर्ता छ।
पुलिस सूत्र मुताविक मिश्रा विरूद्ध अहिलेसम्ममा एघार वटा एफआईआर विभिन्न थानाहरूमा दर्ता हुँदाहुँदै पनि उसको कलेजको नोकरी यथावत छ। उसको नियुक्ति कलेजको गभर्निंग बडीद्वारा गरिएको थियो जसको नेतृत्व टीएमसी विधायक अशोक देबले गरिरहेका थिए।
यो घटनाले राज्यका सरकारी सहायता प्राप्त कलेजहरूमा नियुक्तिको प्रक्रियामाथि नयाँ शिराबाट प्रश्न उठाउँछ जहाँ केही पूर्व टीएमसीपी नेता अनि छात्र संघका पदाधिकारीहरूलाई वर्ष 2011-देखि लिएर अहिलेसम्ममा नोकरी प्राप्त भइसकेको छ जबदेखि टीएमसीले पश्चिम बंगालमा सत्ता सम्हालेको थियो।
रिपोर्ट मुताविकआशुतोष कलेज, सुरेन्द्रनाथ कलेज, गुरुदास कलेज, मणिन्द्र कलेज, योगेश चन्द्र कलेज औ आचार्य जगदीश चन्द्र बोस कलेज जस्ता कलेजहरूमा राजनीतिक सक्रियताको फलस्वरूप केही व्यक्तिहरूलाई नियुक्त गरिएको छ।
आशुतोष कलेजमा एक जना पूर्व टीएमसीपी नेतालाई हेड क्लर्क र एक जना पूर्व जनरल सेक्रेटरी (GS)-लाई लेखापालको नोकरी दिइयो।
सुरेन्द्रनाथ कलेजले पुष्टि गऱ्यो, न्यूनतम पनि चार जना पूर्व छात्र नेताहरू हाल अशिक्षण कर्मचारीहरूको पदमा कार्यरत् छन् जसमध्ये एक जना पूर्व नरल सेक्रेटरी थियो। यसरी नै अन्य संस्थानहरूमा पूर्व छात्र नेताहरूलाई ल्याब सहायक, क्लर्क वा लिफ्टअपरेटरको रूपमा नियुक्त गरिएको छ।
यस मामिलामा टिप्पणीको लागि कलेज प्रशासनसित सम्पर्क गर्दा उनीहरूले यस मुद्दालाई ध्यानै दिएनन्। आशुतोष कलेजका प्रिन्सिपल मानस कविले भने, “यो नियुक्ति म आउन अगावै भएको थियो। म मई, 2023-मा प्रिन्सिपल बनेको हुँ।”
सुरेन्द्रनाथ कलेजका प्रिन्सिपल इन्द्रनील करको भनाइ थियो, “यी नियुक्तिमा कुनै समस्या छैन, किनभने पूर्व छात्र नेताहरूले कलेजको प्रणालीलाई राम्ररी बुझेका हुन्छन्, त्यसैले प्रबन्धन गर्न सहज हुन्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा