मणिपुरमा तीन जना उग्रवादी समातिए
मणिपुरमा तीन जना उग्रवादी समातिए


इम्फाल, 01 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले तीन वटा अलग-अलग उग्रवादी संगठनहरू क्रमैले प्रीपाक (प्रो), केसीपी (पीडब्ल्यूजी) औ यूएनएलएफ (पी)- सित सम्बन्धित तीन जना उग्रवादीहरूलाई पक्राउ गरेका छन्। तीनै जनालाई थौबल र इम्फाल ईस्ट जिल्लाबाट पक्राउ गरिएको हो। जाँच गर्दा यिनीहरूबाट हतियार, दस्तावेज, मोबाइल, वाहन र नगद जफत गरियो।

पुलिस अनुसार पहिलो पक्राउ प्रीपाक (प्रो)-सित जोड़िएका 19 वर्षीय खुंदोंगबम कलम्बिया सिंह उपनाम अटोम्बा, निवासी हैरोख पार्ट-2, बजारको थौबल थाना अन्तर्गत चरांगपत ममांग लैकैबाट भएको हो। अटोम्बा मानिसहरूबाट असुली, धम्की, अपहरण तथा अन्य गतिविधिहरूमा लिप्त थिए। आरोपीबाट 36 एचई ह्याण्ड ग्रेनेड, मोबाइल फोन, सिम कार्ड तथा बाइक जफत गरिएको छ। दोस्रो कारबाहीमा केसीपी (पीडब्ल्यूजी)- का क्याडर मुतुम दिनेश सिंह (38), निवासी याइरिपोक नुंगब्रांग माखा लैकै, इम्फाल ईस्ट, थौबल जिल्लालाई नोंगपोक सेक्माई थाना अन्तर्गत लइरोंगथेल पित्रा (प्राथमिक विद्यालय नजिक)-बाट पक्राउ गरियो जो असुली, अपहरण औ संगठनको लागि नयाँ क्याडरहरू भर्ती गर्ने गतिविधिमा संलिप्त थिए। उसको कब्जाबाट दुईवटा मोबाइल फोन र सिम कार्ड, एटीएम कार्ड, दस्तावेजहरू क्रमैले प्यान कार्ड, आधार कार्ड, ड्राइभिंग लाइसेन्स तथा 450 रुपियाँ नगद जफत गरियो।

यस अतिरिक्त खांगेंबम बिशाल सिंह (19) उपनाम पखपा उपनाम लैइनिंगथोउ, निवासी फौगाकचाओ इक्हाई बजार, तोरबुंग (बिष्णुपुर जिल्ला)-लाई इम्फाल ईस्टको पेरोमपट थाना अन्तर्गत खुरई कोंगपाल थौबंदोंगबाट पक्राउ गरियो जो भूमि विवाद, महिलाहरू विरुद्ध अपराध तथा उधार असुलीसित सम्बन्धित मामिलाहरूलाई 'कंगारू कोर्ट'-को माध्यमबाट सुल्झाउने जस्ता गतिविधिहरूमा संलिप्त थिए। उबाट जफत गरिएका सामानहरूमा बोलेरो (बिना रजिस्ट्रेशन नम्बर), मोबाइल फोन तथा 1,030 रुपियाँ नगद सामेल छन्। तीनै जनासित जाँचबुझ भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande