कसबाकाण्डमाथि विवादित बयानको निम्ति तृणमूल विधायक मदन मित्राले मागे माफी
कसबाकाण्डमाथि विवादित बयानको निम्ति तृणमूल विधायक मदन मित्राले मागे माफी


कोलकाता, 1 जुलाई (हि.स.)। कसबामा छात्रासित भएको बलात्कारको घटनामाथि विवादित बयान दिने तृणमूल विधायक मदन मित्राले आफ्नो बयानलाई लिएर माफी मागेका छन्। पार्टीको पक्षबाट पठाइएको कारण बताऊ नोटिसको जवाफमा उनले लेखित रूपमा खेद प्रकट गर्दै बिना शर्त माफी मागेका छन्।

कोलकाताको कसबा क्षेत्रमा कलेजकी एकजना छात्रासित भएको सामूहिक बलात्कारको घटनाले राज्यभरि नै भुइँचालो ल्याइदिएको छ। पुलिसले आरोपीहरूलाई मात्र 12 घण्टाभित्रमा पक्राउ गऱ्यो अनि मामिलाको जाँच द्रूत गतिमा गरिरहेको छ। यस संवेदनशील मामिलामा तृणमूल कंग्रेसको ककमरहाटीबाट विधायक मदन मित्राले पीड़िकाको पहिरन र चाल-चलनमाथि आपत्तिजनक टिप्पणी गरेका थिए जसबाट जनाक्रोश फैलियो।

विवाद बढ़ेपछि तृणमूल कंग्रेसका राज्य अध्यक्ष सुब्रत बख्सीले आइतवार मदन मित्रालाई कारण बताऊ नोटिस जारी गर्दै तीन दिनभित्रमा जवाफ दिने आग्रह गरेका थिए। तथापि सूत्र मुताविक मदन मित्राले तय समयभन्दा पहिला नै गए सोमवार पार्टी पार्टीलाई जवाफ पठाए। उनले एक संक्षिप्त पत्रको माध्यमबाट आफ्नो गल्ती स्वीकार गर्दै लेखे, यदि उनको बयानले पार्टीको छविलाई कुनै नोक्सान पुऱ्याएको छ भने यसको लागि उनले गहिरो खेद व्यक्त गर्दछन् र बिना शर्त माफी माग्दछन्।

पत्रमा मदन मित्राले यो पनि स्पष्ट पारे, भविष्यमा पार्टीको अनुशासनलाई उनले पूर्ण रूपले पालन गर्नेछन् अनि सार्वजनिक बयान दिनमा विशेष सतर्कता अप्नाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande