रायपुर, 01 जुलाई (हि.स.)। केन्द्रिय सामाजिक न्याय एवं अधिकारित राज्य मन्त्री रामदास आठवले मंगलवार बिहान छत्तीसगढ़को राजधानी रायपुर पुगे। केन्द्रिय मन्त्री आठवले रायपुरको माना स्थित स्वामी विवेकानन्द एय़रपोर्टमा मीडियासित कुराकानी गरे।
यस अवधि महाराष्ट्रमा चलिरहेको भाषा विवादलाई लिएर सोधिएको प्रश्नको जवाफमा उनले भने, महाराष्ट्रमा थ्री-लेङ्ग्वेज पोलिसी फर्मूलालाई लिएर विवाद थियो। हिन्दी संधैदेखि हाम्रो राष्ट्रिय भाषा रहेको छ र हामी यसको सम्मान गर्छौं तर केही मानिसहरूले तर्क दिए कि मराठी स्कूलहरूमा अन्य कुनै भाषा पढ़ाइने कुनै आवश्यकता छैन। मराठीहरूले यसको विरोध गरे। यद्यपि, देवेन्द्र फडणवीसको सरकारले कुनैपनि आन्दोलन हुन अगावै हिन्दी भाषाको अनिवार्य उपयोगको फसेलालाई रद्द गरे। उनले सुझाउ दिए, स्कूलहरूमा हिन्दीलाई लागू गर्नुपर्छ तर कक्षा एकदेखि छैठौंसम्म क्षेत्रीय भाषालाई प्राथमिकता दिइनुपर्छ।
केन्द्रिय मन्त्रीले जातिगत जनगणनाको मुद्दामा पनि प्रतिक्रिया दिए औं कांग्रेस पार्टीमाथि तीखो हमला गरे। उनले भने, कांग्रेस पार्टीको काम हो, कटाक्ष गर्नु, उसको मन सही छैन। जातिगत जनगणनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एतिहासिक निर्णय गरिएको छ। लामो समयदेखि यसको माग उठिरहेको थिय तर जब कांग्रेसको सरकार थियो तब उसले यसमाथि किन कुनै निर्णय लिएन ?
धर्मान्तरणको मुद्दालाई लिएर मन्त्री आठवलेले भने, प्रलोभन दिएर दबाउमा धर्मान्तरण सही होइन। यदि कोही आफ्नो स्वेच्छाले गर्न चाहे उसलाई अधिकार छ तर यदि दबाउमा भइरहेको छ भने यसमाथि रोक लाग्नुपर्छ र यसको पूरा जाँच हुनुपर्छ।
पश्चिम बंगालमा भाजपाको फ्याक्ट-फाइन्डिङ कमिटीको दौड़ाहको सन्दर्भमा आठवलेले भने, त्यहाँ अत्याचारको मामिला लगातार बढ़िरहेको छ। उनले दाबी गरे, आगामी चुनाउमा बंगालमा ममता ब्यानर्जीको छुट्टी हुनेछ र भाजपाको सरकार बन्नेछ।
कांग्रेस अध्य़क्ष मल्लिकार्जुन खड़गेको 07 जुलाईमा प्रस्तावित छत्तीसगढ़ दौड़ाहमा आठवलेले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, लोकतन्त्रमा सबैलाई सभा गर्ने अधिकार छ। खड़गे हाम्रो समाजबाट हुन् र उनको स्वागत छ।
हिन्दुस्थान समाचार / भवानी थामी