विरूधुनगर, 01 जुलाई (हि.स.)। तमिलनाडूको विरूधुनगर जिल्लामा चलिरहेको गोकुलस पटेका फ्याक्ट्रीमा मंगलवार बिहान अचानक विस्फोट भयो। सत्तूर नजिक चिन्नाक्कमनपट्टीमा भएको यस दुर्घटनामा सात जनाको मृत्यु भयो जबकि अन्य धेरै कर्मचारी गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई उपचारको निम्ति शिवकाशीको सरकारी अस्पतालमा भर्ती गराइएको छ। दुर्घटनापछि पुलिस र अग्निशमन विभागको टीम घटनास्थलमा पुगेको छ। राहत र बचाउ कार्य जारी छ।
विस्फोट यति भीषण थियो कि परिसरका आठ कमरा जलेर खरानी भए। त्यहाँको जमीन समतल भयो। यो विस्फोट बिहान लगभग आठ बजी त्यस समय भयो, जब मजदूर पटेका बनाउनका लागि प्रयोग हुने रसायनहरूलाई मिलाइऱहेका थिए, तब अचानक विस्फोट भयो र वरपरका बिल्डिङ ढले, जसमा दबिएर धेरै जना फंसे।
पुलिस अनुसार, पटेका फ्याक्ट्रीको संचालन कमल कुमारले गर्छन्। नागपुरमा पेट्रोलियम र विस्फोटक सुरक्षा संगठन (पीईएसओ) बाट उनले लाइनसेन्स पाएका छन्। 50 भन्दा धेरै कमरा भएको यस यूनिटमा भारी संख्यामा कर्मचारीहरूले काम गर्छन्।
पुलिस अनुसार, विस्फोटपछि लागेको भीषण आगोले पूरा यूनिटलाई आफ्नो चपेटमा लियो। दुर्घटनामा धेरै जना घाइते भएका छन्। धमाकापछि फ्याक्ट्रीबाट निस्केको धुआँ र पटेका पड्केको आवाज धेरै टाढ़ासम्म सुनियो। घटनापछि तुरन्तै पुलिस, दमकल एवं बचाउ सेवाहरूका कर्मी घटनास्थलमा पुगे। उनीहरूले घटनामा घाइते भएका मानिसहरूलाई तुरन्तै अस्पताल पुऱ्याए।
स्थानीय पुलिसले विस्फोटको जाँच गरिरहेको छ। पुलिसले पटेका फ्याक्ट्रीका म्यानेजर र विक्रेतालाई पक्राउ पनि गरेको छ। दमकल एवं बचाउ विभागका अधिकारीले बताए, अहिले धमाका भएपछि लागेको आगोलाई निभाइएको छ। घटनास्थलबाट अवशेष हटाउने काम जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी