शिमला, 01 जुलाई (हि.स.)। हिमाचल प्रदेशमा मूसलधारे वर्षाले ताण्डव मचाइरहेको छ। मन्डी जिल्लामा हिजो राति धेरै ठाउँ बादल फाट्दा जनजीवन अस्त-व्यस्त भयो। करसोग उपमण्डलमा एक व्यक्तिको मृत्यु भएको छ। मृतकको आयु 45 वर्ष छ जबिक अन्य दुई बेपत्ता बनेका छन्। करसोगका डीएसपीले यसको पुष्टि गरे। मन्डी जिल्लाको गोहरको स्यांज गाउँमा नालीमा भल आउँदा नौ जना बेपत्ता भए। आमा छोरीलाई सुरक्षित बचाइयो तर अन्यको खोज जारी छ।
मन्डी जिल्लामा धेरै ठाउँ ठूलो नोकसान भएको छ। पन्डोह बजारमा पानी जमा हुँदा मानिसहरूलाई रेस्क्यू गरी सुरक्षित ठाउँहरूमा पुऱ्याइयो। बाखली र कुकलाह पुल भत्केको छ र चण्डीगढ़-मनाली नेशनल हाइवे पूर्ण रूपमा बन्द छ। पटीकरी पावर प्रोजेक्टलाई पनि भारी नोकसान पुगेको छ। नदी-नालाको जलस्तर बढ़ेको छ। पन्डोह ड्यामको जलस्तर 2922 फीटसम्म पुगेको छ जुन 2941 फीटको खतराको निशान नजिक छ। स्थितिलाई नियन्त्रित गर्न डेढ़ लाख क्यूसेकभन्दा अधिक पानी ब्यास नदीमा छोड़िन्दैछ। मन्डी शहरमा पंचवक्त्र मन्दिरसम्म पानी पुग्यो। धर्मपुरको लौंगनी पञ्चायतको स्याठी गाउँमा पनि धेरै घर, गौशालाहरू र पशुहरू पानीमा बगे। मन्डी इन्दिरा आवास कोलोनी र रघुनाथपधरमा पनि रातभरि राहत-बचाउ कार्य चल्यो।
हमीरपुर जिल्लाको सुजानपुर उपमण्डलको खेरी गाउँमा ब्यास नदीको जलस्तर बढ्दा 20 भन्दा धेरै मानिस फंसे, जसमध्ये अहिलेसम्म 15 जनालाई बचाइएको छ। प्रशासन र पुलिसका टीमहरूले मोर्चा सम्हालेका छन्। जंगलबेरीदेखि पुलिसको बटालियन घटनास्थलमा डटेको छ।
लगातार वर्षा र पैह्रोको आशंकाको मध्यनजर मन्डी, कांगड़ा र हमीरपुर जिल्लामा आज सबै शिक्षण संस्थान बन्द गरिएको छ। उपायुक्त कांगड़ा, मन्डी र हमीरपुरले मानिसहरूसित सुरक्षित स्थानहरूमा बस्ने, नदी-नालाहरूदेखि टाढ़ा रहने र प्रशासनिक निर्देशहरूको पालन गर्ने अपील गरेका छन्। मौसम विज्ञान विभागले चम्बा, मन्डी, हमीरपुर, शिमला, सोलन र सिरमौर जिल्लाहरूमा आगामी 24 घण्टाको निम्ति बाढ़ीको येलो अलर्ट जारी गरेको छ। बिलासपुर, हमीरपुर, कांगड़ा, कुल्लू, मन्डी, शिमला, सिरमौर, सोलन, ऊना जिल्लाहरूमा आज केही ठाउँ भारीदेखि अति भारी पानी पर्ने अनुमान छ। राज्यमा 6 जुलाईसम्म भारी वर्षाको चेताउनी दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी