पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित
पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित


गान्तोक, 01 जुलाई (हि.स.)। सिक्किम सहकारी दुग्ध उत्पादक संघले राज्य पशुपालन एवं पशु चिकित्सा सेवा विभागको संयुक्त तत्वावधानमा आज राजधानीको मनन केन्द्रमा पॉंचौं ग्वाला दिवस पालन गऱ्यो। कार्यक्रममा कृषि, पशुपालन एवं पशु चिकित्सा सेवा विभाग मन्त्री पुरण गुरुङ मुख्य अतिथि थिए।

कार्यक्रमको मुख्य आकर्षण ग्वाला रत्न पुरस्कार 2024–25 सहित राज्यस्तरीय र जिल्लास्तरीय पुरस्कार वितरण समारोह थियो। यस वर्ष मल्लीकी सुकमाया तामाङलाई ग्वाला रत्न पुरस्कारले सम्मानित गरियो। उनलाई नगद तीन लाख रूपियॉं र स्मृति चिन्ह अर्पण गरियो।

यसरी नै नाम्ची जिल्लालाई दूध उत्पादनमा उत्कृष्ट प्रदर्शनको निम्ति सम्मानित गरियो। यस अतिरिक्त, उत्कृष्ट प्रदर्शन गर्ने ग्रामीण दुग्ध सहकारी समितिहरूमा मल्ली, बेन र बेगानीलाई प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरियो। पुरस्कार स्वरूप मल्लीलाई 10 लाख रूपियॉं, बेनलाई 7 लाख रूपियॉं र बेगानीलाई 5 लाख रूपियॉं प्रदान गरियो।

मुख्य अतिथि मन्त्री गुरुङले आफ्नो सम्बोधनमा कृषि र दुग्ध गतिविधिहरूमा युवाहरूलाई अगाडि आउन आह्वान गर्दै स्वदेशी गाईवस्तुको नस्ल विकासको लागि गोकुल मिसनको महत्त्वमा जोड दिए। अर्कोतिर, उनले राज्यमा बढ्दो अनलाइन गेमिङ र लागूऔषधको दुरुपयोगमाथि चिन्ता प्रकट गर्दै यस सम्बन्धमा जागरूकताको निम्ति आह्वान गरे।

यस अघि पशुपालन एवं पशुचिकित्सा सेवा विभागका सचिव डा. शरमान राईले दुग्ध कृषकहरूको कडा परिश्रम र समर्पणको लागि सम्मान व्यक्त गरे। उनले सन्तुलित वृद्धि र जनस्वास्थ्य प्रवर्द्धनमा दुग्धको भूमिकामाथि प्रकाश पारे भने कृषि र दुग्ध क्षेत्रमा युवाहरूको संलग्नतालाई प्रोत्साहित गरे।

कार्यक्रममा विधानसभाकी उपाध्यक्ष राजकुमार थापा, क्याबिनेट मन्त्रीहरू, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, वरिष्ठ अधिकारीहरू आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande