मयनागुड़ीमा ट्याङ्करको चपेटमा परी महिलाको मृत्यु
मयनागुड़ीमा ट्याङ्करको चपेटमा परी महिलाको मृत्यु


जलपाईगढी, 01 जुलाई (हि.स.)। जलपाईगढी जिल्लाको मयनागुड़ीस्थित उल्लाडाबड़ी क्षेत्रमा मंगलवार बिहान एक ट्याङ्करको चपेटा परी एकजना महिलाको मृत्यु भयो। प्राप्त जानकारी अनुसार एउटा बाइक र ट्यांकर आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा महिला ट्यांकरको मुनी परिन्।

पुलिस सूत्र अनुसार धूपगुड़ी निवासी एक दम्पति जलपाईगढीमा डाक्टर देखाएर बाइकमा आफ्नो घर फर्किरहेको थियो। सोही समय त्यसै दिशाबाट ट्याङ्कर पनि आइरहेको थियो। अचानक कुनै कारणवश महिलाको बाइकले सन्तुलन गुमायो जसले गर्दा तिनी ट्याङ्करसित ठोक्किएर चक्कामुनि पसिन् जसबाट तिनको मृत्यु भयो।

दुर्घटनापछि आरोपी ट्याङ्कर चालक वाहन लिएर भाग्यो। पुलिसले बतायो, भगौड़ा ट्याङ्कर चालकलाई खोजिँदैछ।घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो। स्थानीय मानिसहरूमा व्यापक आक्रोश व्याप्त भएको छ। यो समाचार लेखुञ्जेलसम्म मृत महिलाको पहिचान हुन सकेको थिएन। पुलिस महिलाको पहिचान खोलाउन जुटेको छ साथै शवलाई पोस्टमर्टम गर्न पठाएर सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande