खरसाङ, 01 जुलाई (हि.स.)। राष्ट्रिय चिकित्सक दिवसको उपलक्ष्यमा विगत वर्ष झैं यस वर्ष पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समितिले खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान जनायो। यस अवसरमा भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधान र जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पाको पहलमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् डाक्टरहरूलाई खदा एवं उपहार दिएर डाक्टर दिवसको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरियो।
खरसाङ अस्पतालबाट अवकाश प्राप्त चिरपरिचित डाक्टर बारूईलाई पनि खदार्पणसहित सुस्वास्थ्यको कामना गर्दै उनको सहयोगप्रति कृतज्ञता व्यक्त गरियो। डाक्टरहरूलाई सम्मान व्यक्त गर्ने टोलीमा भागोप्रमो खरसाड महकुमा उपाध्यक्ष शंकर रावत, प्रचार प्रसार सचिव दिपेन सेवा, फिरोज खान, खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्मा, सचिव बिरबल पाख्रीन, सञ्जय मुखिया, विकास तामाङ उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक