गान्तोक, 01 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किममा आज नाम्चेबुङ निर्वाचन क्षेत्रबाट चार प्रमुख व्यक्ति सामेल भएका छन्। उनीहरूलाई भाजपा सिक्किम अध्यक्ष डीआर थापाले खदा लगाइदिएर पार्टीमा स्वागत जनाए।
भाजपा सिक्किमले आज प्रेस बयानमा भनेको छ, नाम्चेबुङ निर्वाचन क्षेत्रका चार प्रमुख व्यक्तिहरू आज आधिकारिक रूपमा भाजपामा सामेल भएका छन्। उनीहरू पार्टीको परिवर्तनकारी विचारधारा, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व र राज्यका जनताका लागि भाजपा सिक्किमले नेतृत्व गरेको प्रभावकारी कल्याणकारी पहलहरूबाट प्रेरित भएर आएका छन्।
भाजपामा सामेल हुने व्यक्तिहरूमा मन बहादुर राई, दिनेश राई, कृष्ण बहादुर मंगर र भानुभक्त लिम्बू रहेको बताइएको छ। प्रदेश अध्यक्ष लगायत पार्टी कार्यकारीहरूले उनीहरूलाई पार्टीका स्वागत जनाए। अध्यक्ष थापाले उनीहरूलाई स्वागत जनाउॅंदै सम्बन्धित क्षेत्रमा जनताको कल्याण र पार्टीको संगठनात्मक विकासमा समर्पित बन्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल