पीएमएफबीवाईको लागि जिल्लास्तरीय सञ्चालन समितिको समन्वय बैठक सम्पन्न
पीएमएफबीवाईको लागि जिल्लास्तरीय सञ्चालन समितिको समन्वय बैठक सम्पन्न


गेजिङ, 01 जुलाई (हि.स.)। प्रधानमन्त्री फसल बीमा योजना (पीएमएफबीवाई) को लागि जिल्लास्तरीय सञ्चालन समितिको आज एक समन्वय बैठक सम्पन्न भयो। जिल्लापाल तेन्जिङ डी. डेन्जोङपाले अध्यक्षता गरेको बैठकमा 9औं सफल बीमा सप्ताहबारे छलफल भयो।

1 जुलाईदेखि 7 जुलाई, 2025 सम्म चल्ने उक्त अभियानको आयोजन कृषि विभाग र आत्मा, सिक्किम सरकारले गर्नेछ। उक्त कार्यक्रमको उद्देश्य खरीफ मौसमको लागि फसल बीमामाथि कृषकहरूलाई जागरूक गर्नु रहेको छ।

बैठकमा कृषि विभागका उप निदेशक डा. कर्म सी. भोटिया, एसडीसी सुरत कुमार गुरुङ, कृषि विभागका अतिरिक्त निदेशक कर्म शेर्पा, बागवानी विभागका उप निदेशक, एफपीओ अध्यक्षहरू आदि उपस्थित थिए।

जिल्लापाल डेन्जोङपाले सम्बन्धित विभाग र सबै सदस्यहरूलाई यस योजना अन्तर्गत अधिकतम किसानहरूलाई दर्ता गर्न सुझाउ दिए ताकि किसानहरूले प्राकृतिक प्रकोपका कारण हुने बालीको क्षतिबाट बच्न बीमा गर्न सकून्। उनले वन्यजन्तुको क्षतिका कारण किसानहरूले सामना गरिरहेका समस्याहरूमाथि पनि प्रकाश पारे। उनले पीएमएफबीवाईमा संलग्न सबै अधिकारीहरूलाई जिल्लाका अधिकतम किसानहरूलाई योजना अन्तर्गत भर्ना गर्न पनि सुझाउ दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande