राष्ट्रपति द्रौपदी मुर्मूले गोरखपुरमा आय़ुष विविको लोकार्पण गरिन्
राष्ट्र


गोरखपुर, 01 जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले मंगलवार गोरखपुरमा उत्तर प्रदेशको पहिलो आयुष विश्वविद्यालयको लोकार्पण गरिन्। यो आयुष विश्वविद्यालय भटहट क्षेत्रको पिपरीमा 52 एकड़ क्षेत्रफलमा बनेको छ। यस विश्विद्यालयको निर्माणमा 267.50 करोड़ रूपियाँ खर्चा गरिएको छ।

यूपीको पहिलो आयुष विविबाट चिकित्सा-शिक्षाको साथ रोजगारको नयाँ द्वार खोलिनेछ। यस अवसरमा राज्यपाल आनन्दी बेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित रहे।

उल्लेख्य, आयुर्वेद, युनानी र होम्योपेथको ओपीडी पहिलेदेखि जारी छ। अब पंचकर्म र शल्य चिकित्साको सुविधा पनि पाइनेछ। यसको असर प्रदेशको कृषि क्षेत्रमाथि पनि पर्नेछ। औषधीय बिरूवाको खेतीको माग पनि बढ्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande