जयपुर, 01 जुलाई (हि.स.)। राजस्थानको जयपुरको नाहरगढ़ बायोलोजिकल पार्कमा बघिनी ‘रानी’ ले एकसाथ पाँच शावकलाई जन्म दिएर देशमा एक नयाँ रेकर्ड बनाएकी छे। पहिलो पल्ट कुनै बघिनीले भारतमा एकसाथ पाँच स्वस्थ शावकलाई जन्म दिएको छ। पार्क प्रशासनले मंगलवार शावकहरूबारे जानकारी साझा गर्दै यिनीहरूको फोटो र भीडियो जारी गरेको छ।
पार्कका सीनियर पशु चिकित्सक डा. अरविन्द माथुरले बताए, बघिनी रानीले 27 अप्रेल 2025 मा दुई मादा र तीन नर शावकलाई जन्म दिएकी थिइ। दुई महिनाको संरक्षण र देखरेखपछि अब यिनीहरूलाई आमाक साथ कराल (ओपन एनक्लोजर) मा छोड़िएको छ, जहाँ यिनीहरूले मनसूनको मौसमको आनन्द लिइरहेका छन्। अब पार्कमा आउने पर्यटकहरूले रानी र उसका शावकहरूलाई हेर्नसक्नेछन्।
डा. माथुरले बताए, सबै शावकहरूलाई रोगहरूदेखि बचाउको निम्ति भेक्सीनेट गरिएको छ। पहिचानको निम्ति उनीहरूको लिंग परीक्षण पनि गरियो, जसमा एक सेतो र दुई गोल्डन शावक नर छन्, जबकि बाकी दुई गोल्डन शावक मादा छन्। शावकहरूलाई अब नियमित रूपमा खुल्ला करालमा आमाको साथ राखिनेछ ताकि यिनीहरूले प्राकृतिक परिवेशमा खेल्ने, माटोसित सम्पर्क र सामाजिक व्यवहार विकसित गर्न सकुन्। यसबाट यिनीहरूको शारीरिक र मानसिक विकास राम्रो हुनेछ। अगस्तमा यिनीहरूलाई बूस्टर डोज पनि दिइनेछ।
उल्लेख्य, रानीले यस अगाड़ी 10 मई 2024 मा तीन शावकलाई जन्म दिएकी थिइ, जसमध्ये एकको मृत्यु भएको थियो। बाकी दुई शावक आजपनि पूर्ण रूपमा स्वस्थ छन् र पार्कमा दर्शकहरूको आकर्षणको केन्द्र बनेका छन्। बघिनी रानी र उसका शावकहरूको देखरेख गर्न पार्क प्रशासनले विशेष व्यवस्था गऱ्यो। गर्मीबाट राहतको निम्ति कलर स्प्रे, टाटको बोराहरू र विशेष आहारको व्यवस्था गरियो। पार्क स्टाफको सतत निगरानीमा रानी र उसका सबै शावक स्वस्थ छन्।
हिन्दुस्थान समाचार / भवानी थामी