सौर ऊर्जा निगमले गऱ्यो 60 गीगावाट नवीकरणीय ऊर्जा बिक्री समझौता
सौर ऊर्जा निगमले गऱ्यो 60 गीगावाट नवीकरणीय ऊर्जा बिक्री समझौता


नयाँ दिल्ली, 01 जुलाई (हि.स.)। सौर ऊर्जा निगम लिमिटेड (एसईसीआई) ले 60 गीगावाट नवीकरणीय ऊर्जा क्षमताको विद्युत बिक्री समझौता (पीएसए) गरेको छ। यो उपलब्धी भारतलाई स्वच्छ र दिगो ऊर्जा भविष्यतिर लैजानमा एक महत्वपूर्ण कदम हो। यो जानकारी नवीन एवं नवीकरणीय ऊर्जा मन्त्रालयले दिएको हो। सौर ऊर्जा निगम लिमिटेडका अध्यक्ष एवं प्रबन्ध निदेशक सन्तोष कुमार सरंगी अनुसार 14 वर्षमा 60 गीगावाट पीएसएको निष्पादनले निगमको यात्रामा एक निर्णायक क्षणलाई चिह्नित गरेको छ।

मन्त्रालय अनुसार, नवीकरणीय ऊर्जाको निम्ति गरिएका यी समझौताहरूमा सौर, पवन र हाइब्रिड परियोजनाहरूको समावेश छ। यो भारतको बढ्दो नवीकरणीय ऊर्जा क्षमताको एक ठूलो हिस्सा हो। यी समझौताहरूको माध्यमले निगमले लामो समयसम्म उत्पादित ऊर्जाको खरीद सुनिश्चित गर्दछ, जसबाट परियोजना निर्माताहरू र निवेशकहरूलाई भुकतान सुरक्षा प्राप्त हुन्छ। यो व्यवस्था नवीकरणीय ऊर्जा परियोजनाहरूलाई आर्थिक रूपमा व्यवाहर्य बनाउँदछ।

यी दीर्घकालिक समझौताहरूले गर्दा देशमा नवीकरणीय ऊर्जा बजारले बल पाउँदछ। यसबाट निजी कम्पनीहरू र वित्तीय संस्थानहरूको विश्वास बढ्दछ र कम-कार्बन अर्थव्यवस्थाको निम्ति पूञ्जी प्रवाहलाई गति प्राप्त हुन्छ। भविष्यका योजनाहरूमा ऊर्जा भण्डारण, हरित हाइड्रोजन र हरित अमोनियाको उत्पादन, आपूर्ति श्रृंखलालाई बल र नवीन आपूर्ति मोडल विकसित गर्नु सामेल छ।

उल्लेख्य, सौर ऊर्जा निगम भारत सरकारको नवीन एवं नवीकरणीय ऊर्जा मन्त्रालय अन्तर्गत एक नवरत्न सार्वजनिक क्षेत्र उपक्रम हो। यसको स्थापना वर्ष 2011 मा भएको थियो र यसले नवीकरणीय ऊर्जा क्षेत्रमा अग्रणी भूमिका निभाइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande