सूरत, 01 जुलाई (हि.स.)। सूरत शहरको मोटा वराछा क्षेत्र स्थित ‘सनराइज डेवलपर्स’ नामक एक कन्स्ट्रक्शन अफिसको आड़मा चलिरहेको एउटा ठूलो अनलाइन सट्टा र डब्बा ट्रेडिङ ऱ्याकेटको पर्दाफास भएको छ। सूरत पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) ले यस कालो धन्धाको पर्दाफास गर्दै लगभग 943 करोड़को लेनदेनको खुलासा गरेको छ। मामिलामा 8 जनालाई पक्राउ गरिएको छ। अहिले जाँच जारी छ।
गुप्त सूचनाको आधारमा एसओजीले अफिसमा छापा माऱ्यो। घटनास्थलबाट आरीपो नन्दलाल उर्फ नन्दो विठ्ठलभाई गेवरिया, विशाल उर्फ विक्की मनसुखभाई गेवरिया, भावेश जीणाभाई किहला, जयदीप कांजीभाई पीपलिया, नवनीत चतुरभाई गेवरिया, भाविन अरविन्दभाई हीरपरा, बकुल मगनभाई तरसरिया र साहिल मुकेशभाई सुवागियालाई पक्राउ गरिएको छ। मुख्य आरोपी नन्दलालमाथि पहिले पनि अनलाइन सट्टा र गेमिङसित सम्बन्धित मामिला दर्ता भइसकेको छ। अहिले एसओजीले अन्य आरोपीहरू र उनीहरूको नेटवर्कको छानबीन गरिरहेको छ।
जाँचमा आरोपीले सेबीको अनुमति बिनाको कैस्टिलो 9, स्टक ग्रो, एक्सच र नेक्सनएक्सच.कम जस्ता वेबसाइटहरू र सफ्टवेयरको माध्यमले डब्बा ट्रेडिङ र क्रिकेट, टेनिस, फुटबल जस्ता खेलहरूमा अनलाइन सट्टा चलाइरहेको उजागर भएको छ। आरोपीले ग्राहकहरूलाई अधिक मुनाफको प्रलोभन देखाएर निवेश गराउनेगर्थ्यो। यसका साथै कालोधनको लेनदेनको पनि सुविधा उपलब्ध गराउँथ्यो। यस ऱ्याकेटबाट 250 भन्दा अधिक मानिस जोड़िएका थिए। यसका साथै जाँचमा 4.62 करोड़को ब्याङ्क ट्रान्जेक्शनको पनि पत्तो लागेको छ।
पुलिसले आरोपीदेखि कूल 17.30 लाख मूल्यको मुद्दामाल जफत गरेको छ, जसमा 19 मोबाइल फोन, 4 ल्यापटप, 10 लाख नगदी, 31 पासबुक, 87 चेकबुक र 13 सिम कार्ड सामेल छन्।
हिन्दुस्थान समाचार / भवानी थामी