खरसाङ, 01 जुलाई (हि.स.)। खरसाङ पुलिस थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोस्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा 3 वर्षदेखि 7 वर्षसम्मका विद्यार्थी नानीहरुको सुरक्षालाई ध्यानमा राख्दै बाइकमा पछाडि पक्रन सुविधाको लागि सुरक्षा बेल्ट प्रदान गरेका छन्।
मंगलवारदेखि आगामी 8 जुलाईसम्म ट्राफिक सचेतना कार्यक्रम सेफ ड्राइभ सेभ लाइभ आयोजना गरिएको छ। यस सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुको सुरक्षाको लागि सुरक्षा बेल्टहरु प्रदान गरिएको हो।
यस क्षेत्रका अभिभावकहरुले विद्यार्थी नानीहरुलाई बाइक र स्कूटीको पछाडि राखेर हिड्ने गर्छन्, जुन सुरक्षित नरहेकोले ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले बताए। उनको अगुवाईमा 3 देखि 7 वर्षसम्मका जम्मा 25 जना नानीहरुका अभिभावकहरुलाई सुरक्षा बेल्ट प्रदान गरिएको छ। यस बेल्टले अभिभावकहरूको बाइक र स्कूटीको पछाडि बसेर विद्यालय जाने विद्यार्थी नानीहरुलाई सुरक्षा प्रदान गर्नेछ।
हिन्दुस्थान समाचार / हनोक