उत्तर दिनाजपुर, 01 जुलाई (हि.स.)। जिल्लाको रायगञ्जस्थित दोस्ती मोड़मा मंगलवार बिहान एउटा बस दुर्घटनाग्रस्त भएर जलाशयमा पल्टियो। यस दुर्घटनामा धेरैजना यात्रीहरू घाइते भए। घटना बिहान लगभग 11:15 बजे पुरानो राष्ट्रिय राजमार्गमा भएको हो जसले गर्दा क्षेत्रमा भाग-दौड़ शुरू भयो।
पुलिस सूत्र अनुसार घटनापछि सातजना घाइतेहरूलाई रायगञ्ज मेडिकल कलेज एवं अस्पतालमा पठाइयो जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ। सबै घाइतेहरूको उपचार भइरहेको छ।
घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू सबैभन्दा पहिला घटनास्थलमा पुगेर राहत कार्यमा जुटे। त्यसपछि रायगञ्ज थाना, ट्राफिक गार्ड तथा दमकलकोक टीम घटनास्थलमा पुग्यो। क्रेनको सहयोगमा बसलाई हटाउने प्रयास गरियो।
बसकी एकजना यात्री यशोदा बर्मनले बताइन्, बस मालदादेखि रायगञ्ज तर्फ गइरहेको थियो। म दुर्गापुरबाट सवार भएको थिएँ। केही किलोमीटर पर पुगेपछि अचानक विस्फोटक आवाजसितै बस पल्टियो। मानिसहरूले भनिरहेका थिए, विपरीत दिशाबाट आइरहेको टोटोलाई बचाउने प्रयास गर्दा चालकले निन्त्रण गुमाेको कारणले बस जलाशयमा पल्टिएको हो। हाल पुलिस सम्पूर्ण घटनाको जाँचममा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा