कोलकाताबाट बंगलादेशी युवक पक्राउ, विजयदुर्गमा सुराकी गरेको आशंका
कोलकाताबाट बंगलादेशी युवक पक्राउ, विजयदुर्गमा सुराकी गरेको आशंका


कोलकाता, 10 जुलाई (हि.स.)। भारतीय सेनाको पूर्वी कमान मुख्यालय विजय दुर्ग (फोर्ट विलियम) नजिक संदिग्ध रूपमा घुमिरहेका एक जना बंगललादेशी युवकलाई सेना अनि कोलकाता पुलिसको संयुक्त कारबाहीमा पक्राउ गरिएको छ। आरोपी युवकबाट दुई वटा जाली आधार कार्ड जफत गरिएको छ जसबाट उसको पहिचान अनि नागरिकतामाथि गम्भीर प्रश्न उठेको छ। पुलिस र सैन्य गुप्तचरहरूले यस मामिलालाई सुराकीको दृष्टिले जाँच गरिरहेका छन्।

पक्रा पर्ने युवकको पहिचान अजिम शेखको रूपमा भएको छ जो मूल रूपमा बंगलादेशको खुलना जिल्ला निवासी हो। भनिन्छ, केही वर्षअघि उ अवैध रूपमा भारतमा छिरेको थियो अनि कोलकाताको गार्डनरिच क्षेत्रस्थित एक अपार्टमेन्टमा कथित आफन्तको घरमा बस्दै आएको थियो। हालका दिनहरूमा उसलाई फोर्ट विलियमको मुख्य द्वार वरपर कैयौं पटक संदिग्ध रूपमा घुमिरहेको देखियो। सैन्य कर्मीहरूलाई उसको गतिविधिमाथि शंका लागेर उसित जाँचबुझ गरे।

जाँचमा थाहा लाग्यो, अजिमसित दुई वटा आधार कार्ड छ जसमा भिन्न-भिन्नै जन्मतिथि दर्ता छ। एउटा कार्डमा आमाको रूपमा नाम दर्ता रहेकी महिलाको जन्मतिथिबाट स्पष्ट हुन्छ कि कथित आमा र छोराबीच 6 वर्षको मात्र अन्तर छ जसले आधार कार्ड पूर्ण रूपले जाली रहेको पुष्टि गर्दछ।

सेनाको सूचना पाएर पुलिसले गऱ्यो पक्राउ, गहन जाँचबुझ जारी-

सेनाको गुप्तचर एकाईले तुरून्त कारबाही गर्दै अजिमलाई हिरासतमा लिएर कोलकाता पुलिसलाई सुम्पिदियो। हाल उसलाई हेस्टिंग्स थानामा राखिएको छ जहाँ उसित लगातार जाँचबुझ गरिँदैछ। पुलिसले यो जान्ने प्रयास गरिरहेको छ कि फोर्ट विलियम वरिपरी उ किन घुमिरहेको थियो?, के उसको उदेश्य सुराकी गर्नु नै थियो?, के उसको पछाड़ि कुनै संगठित नेटवर्कले काम गरिरहेको छ?

अधिकारीहरूको भनाइ छ, अहिले जाँच शुरूआती चरणमा छ, तर युवक बंगलादेशी हुनु, जाली दस्तावेज हुनु तथा सेनाको मुख्यालय वरिपरी घुम्नुले यस मामिलालाई अझ् संवदेशील बनाइदिएको छ। अजिम भारत आउनुको उदेश्य र उसको सम्पर्क सूत्रलाई लिएर जाँच एजेन्सीहरू सतर्क भएका छन्। पुलिसको मान्यता छ, जाँचबुझमा अझ महत्वपूर्ण खुलासा हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande