विद्यासागर विश्वविद्यालयको प्रश्नपत्रमा स्वतन्त्रता सेनानीहरूलाई 'आतङ्कवादी' काे संज्ञा
विद्यासागर विश्वविद्यालयको प्रश्नपत्रमा स्वतन्त्रता सेनानीहरूलाई 'आतङ्कवादी' काे संज्ञा


कोलकाता, 10 जुलाई (हि. स.)। मेदिनीपुरस्थित विद्यासागर विश्वविद्यालयमा इतिहास विषयको प्रश्नपत्रमा स्वतन्त्रता सेनानीहरूलाई 'आतङ्कवादी' भनिएकोमा राजनीतिक अनि सामाजिक विवाद उत्पन्न भएको छ। परीक्षामा सोधिएको एक प्रश्नले विश्वविद्यालयको प्रतिष्ठामाथि प्रश्न मात्र उठाएको छैन, राज्यको शिक्षा व्यवस्था र ऐतिहासिक दृष्टिकोणमाथि पनि तीव्र बहस शुरू भएको छ।

विवादित प्रश्नमा भनिएको छ— मेदिनीपुरका तीनवटा यस्ता जिल्ला म्याजिस्ट्रेटहरूको नाम बताउनुहोस् जसलाई आतङ्कवादीहरूले मारेका थिए। यो प्रश्नले सोझै रूपमा ती क्रान्तिकारीहरूलाई आतंकवादीको संज्ञा दिएको छ जसले ब्रिटिश शासनविरूद्ध सशस्त्र संघर्ष गरेका थिए। विद्यासागर विश्वविद्यालयको यो प्रश्नलाई पश्चिम बंगालको स्वतन्त्रता संग्रामसित सम्बन्धित ऐतिहासिक गौरवमाथि आघातको रूपमा हेरिँदैछ।

प्रश्न सार्वजनिक हुनसाथ नागरिक समाज र शिक्षाविदहरूले चर्को प्रतिक्रिया व्यक्त गर्न थालेका छन्। कतिपयले प्रश्न बनाउने शिक्षकको वैचारिक प्रतिबद्धता र योग्यतामाथि प्रश्न उठाएका छन्। भाजपाले यस मुद्दालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जी र शिक्षा मन्त्री ब्रात्य बसुलाई पत्राचार गरी जिम्मेवार व्यक्तिलाई चिन्हित गरी कड़ा कारबाही गर्ने माग गरेको छ।

यद्यपि मुख्यमन्त्री औ शिक्षा मन्त्रीको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर विश्वविद्यालयका रजिसट्रर जे.के. नन्दीले यसलाई टाइपिंग मिस्टेक बताउँदै गल्ती स्वीकार गरेका छन्। उनले भने, यस घटनाको जाँच गर्नको लागि एक आपतकालीन बैठक डाकिएको छ र भविष्यमा यस्तो भुल हुन नदिन पूर्ण ध्यान राखिनेछ।

यस मामिलामा माकपाले सत्तारूढ़ तृणमूल कंग्रेस र केन्द्रको भाजपा दुवैमाथि इतिहासलाई विकृतिकरण गरेको आरोप लगाएको छ। पार्टीको भनाइ छ, यो घटना त्यसै प्रक्रियाको एक भाग हो जसमा ऐतिहासिक तथ्यहरूलाई भत्काइँदैछ।आश्चर्यको कुरा के हो भने तृणमूल कंग्रेसको जिल्ला एकाईले पनि यस गल्तीलाई 'अक्षम्य' बताउँदै भनेको छ, स्वतन्त्रता सेनानीहरूलाई आतंकवादी भन्नु सहन गर्ने योग्यको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande