कोलकाता, 10 जुलाई (हि.स.)। मोबाइल चोर रहेको शंकामा एक जना युवकको कुटेरै हत्या गरेको आरोपमा पश्चिम बंगालको पुरूलिया जिल्लामा एक जना सिभिक भोलन्टियर सहित छह जना मानिसहरूलाई पक्राउ गरिएको छ। गए बुधवार राति जाँचबुझपछि सबै आरोपीहरूलाई हिरासतमा लिएर बिहीवार अदालतमा पेश गरियो।
पुलिस मुताविक पक्रा पर्ने सिभिक भोलन्टियरको पहिचान मलय कुमार पुईतंडीको रूपमा भएको छ जो पुरूलियाको टामना थानामा तैनाथ थियो। मृतकको पहिचान तापस महापात्रको रूपमा भएको छ। आरोप छ, मलय कुमार र अन्य पाँच जनाले गत सोमवार साँझ लगभग 5 बजी तापसलाई उसको घरबाट तानेर बाहिर निकाले अनि मरूञ्जेल कुटे। पछि उसलाई मोटर साइकलमा बलजफ्ती बसाएर कतै लगियो।
तापसकी आमा भादु महापात्रले पुलिसलाई बताइन्, त्यस दिन तीन जना हमलाकारी उनीहरूकै गाउँ चाकलतोड़का थिए भने अन्य तीन जनाको पहिचा हुन सकेन। उनले बताइन्, “ गत सात जुलाईको दिन मेरो छोरा घरमै थियो, अचानक छह जना मानिसहरू घरभित्र पसे अनि उसलाई कुट्दै बाहिर निकाले। त्यसपछि दुई जना अज्ञात मानिसहरूले उसलाई मोटरसाइकलमा कतै लिएर गए। हामीले केही बुझ्न अगावै रगताम्मे अवस्थामा छोरालाई लिएर गयो।”
परिवारलाई भोलिपल्ट मंगलवार थाहा लाग्यो कि तापस पुरूलियाको देबेन महतो मेडिकल कलेज एवं अस्पतालमा भर्ती छ। हामी राति अस्पतालमा पुग्दा तापसको मृत्यु भइसकेको बताइयो।
पुलिसले मामिला दर्ता गरी सिभिक भोलन्टियर सहित छह जना आरोपीहरूलाई हिरासतमा लियो अनि लामो जाँचबुझपछि पक्राउ गऱ्यो। आरोपीहरू विरूद्ध हत्याको मामिला दर्ता गरी अग्रिम कारबाही गरिँदैछ।
पुलिस सूत्र अनुसार तापसमाथि मोबाइल चोरीको आरोप लगाइएको थियो, तर अहिलेसम्मको जाँचमा यो कुरा स्पष्ट हुन सकेको छैन कि चोरीको घटना साँचो थियो कि मात्र शंकाको आधारमा उसलाई लक्षित गरिएको थियो। जाँच जारी छ र पुलिसले हरेक एंगलबाट मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा