बिहार सरकारका अधिकारीहरूको तीन ठेगानामा ईओयूको रेड
रेड


पटना, 10 जुलाई (हि.स.)। आर्थिक अपराध एकाई (ईओयू) ले आज बिहान राजधानी पटना, सहरसा र सीतामढ़ीमा छापा मारेको छ। यो कारबाही बिहार सरकारको एक अधिकारीको आवास र अन्य स्थानहरूमा गरिएको छ।

अधिकारीहरू अनुसार, बिहार राज्य शैक्षणिक आधारभूत संरचना विकास निगम लिमिटेड (बीएसइआईडीसी) का कार्यपालक अभियन्ता प्रमोद कुमारका ठेगानाहरूमा छापा मारिएको छ। ईओय़ूको एक टीम सीतामढ़ी, तीन टीमहरूले सहरसा र दुई टीम पटनाम कारबाही गरेका छन्। टीमहरूमा आर्थिक अपराध एकाईका वरिष्ठ अधिकारी र तकनीकी विशेषज्ञ सामेल छन्। तीनै ठाउँ सुरक्षा बलका जवान तैनाथ छन्।

ईओयूको प्रारम्भिक जाँचमा थाहा लागेको छ, प्रमोद कुमारसित ज्ञात आयभन्दा 309.61 प्रतिशत अधिक सम्पत्ति छ। यस आधारमा आर्थिक अपराध थानामा 09 जुलाईमा भ्रष्टाचार निवारण अधिनियमका धाराहरूमा मामिला दर्ता गरिएको छ।

आज अहिलेसम्मको कारबाहीमा जमीन-सम्पत्तिको कागजपत्र, ब्याङ्क खाता, निवेशसित जोड़िएका फाइलहरू र केही इलेक्ट्रोनिक उपकरण जफत गरिएको छ।

अधिकारीहरूको भनाई छ, डिजिटल डेटाको फोरेन्सिक जाँचपछि अगाड़ीको कारबाही हुनेछ। बिहार पुलिस मुख्यालयले बयानमा भन्यो, यो छापामारी राज्य सरकारको 'भ्रष्टाचार मुक्त प्रशासन' नीति अन्तर्गत गरिएको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande