बेङ्गलुरू भग़दड़ मामिलामा जाँच आयोगले सुम्प्यो रिपोर्ट, आरसीबी, केएससीए र पुलिसलाई जिम्मेवार ठहर गऱ्यो
जज


बेङ्गलुरू, 12 जुलाई (हि.स.)। बेङ्गलुरूमा चिन्नास्वामी स्टेडियम नजिक मचेको भगदड़ घटनामाथि गठित जाँच आयोगको रिपोर्ट मुख्यमन्त्री सिद्धारमैयालाई सुम्पिएको छ। न्यायमूर्ति (सेवानिवृत्त) माइकल डी. कुन्हाको एकल सदस्यीय जाँच आयोगको रिपोर्टमा रोयल चैलेन्जर्स बेङ्गलुरू (आरसीबी), कर्नाटक राज्य क्रिकेट एसोसिएशन (केएससीए) र बेङ्गलुरु पुलिसका अधिकारीहरूलाई घटनाको निम्ति प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गरिएको छ। रिपोर्टमा यस्ता त्रासदीहरूको पुनरावृत्तिलाई रोक्न धेरै सिफारिशहरू पनि गरिएको छ।

न्यायमूर्ति माइकल कुन्हाको जाँच रिपोर्टमा रोयल चैलेन्जर्स बेङ्गलुरू फ्रेञ्चाइजी, इवेन्ट मेनेजमेन्ट कम्पनी डीएनए एन्टरटेनमेन्ट प्राइवेट लिमिटेड, कर्नाटक राज्य क्रिकेट संघ र शहरका धेरै पुलिस अधिकारीहरूलाई चिन्नास्वामी स्टेडियम नजिक भएको भगदड़को निम्ति जिम्मेवार ठहर गरिएको छ।

रिपोर्टमा उल्लेख गरिएको छ कि कार्यक्रमलाई यति कम समयमा आयोजित गर्नु असम्भव भएको जानकारी भएपनि यसलाई आयोजित गरियो। सबैको कर्तव्यहरूमा लापरवाही र निष्क्रियताको कारण यो त्रासदी घट्यो। विजय उत्सवको निम्ति सुरक्षा व्यवस्था उपयुक्त थिएन। पुलिसको व्यापक तैनाती थिएन। प्रशंसकहरू लाखौंको संख्यामा आउने अनुमान लगाउनमा पुलिस, आरसीबी र केएससीएका अधिकारी विफल रहे।

रिपोर्टमा यो पनि बताइएको छ कि आरसीबीद्वारा नि:शुल्क पास जारी गरिने घोषणाले भारी संख्यामा प्रशंसक त्यहाँ पुगे। यस बाहेक आरसीबी, केएससीए र पुलिसबीच कुनै प्रकारको समन्वय थिएन, जुन यस घटनाको एक मुख्य कारण बन्यो। जनसमूहलाई नियन्त्रित गर्न कुनै स्पष्ट दिशा-निर्देश पनि जारी गरिएको थिएन।

यसबीच मुख्यमन्त्री सिद्धारमैयाले जाँच आयोगको रिपोर्टमा प्रतिक्रिया दिँदै भने, यसलाई 17 जुलाईमा आय़ोजित हुने मन्त्रीमण्डलको बैठकमा प्रस्तुत गरिनेछ र फेरि अघिको कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande