नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। मध्यपूर्व एशियाई देश यमनमा फांसीको सजाय पाउने भारतीय नर्स निमिषा प्रियाको सजायलाई रोकाउन कांग्रेस महासचिव एवं सांसद केसी वेणुगोपालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर तत्काल हस्तक्षेपको माग गरेका छन्।
उनले भने, निमिषाको रिहाईको प्रयास जारी छ। एक्शन काउन्सिल तथा उनको परिवारले ‘दियाह’ अर्थात् ब्लड-मनी दिने माध्यमले पीड़ित परिवारलाई सम्झाउने प्रय़ास गरिरहेको छ, जसबाट फांसीलाई स्थगित गर्न सकियोस्, तर यमनमा जारी गृहयुद्ध र आन्तरिक अस्थिरताको कारण यस प्रक्रियामा गम्भीर बाधा आइरहेको छ।
वेणुगोपालले चिट्ठीमा लेखेका छन्, स्थितिको जटिलताको मध्यनजर म तपाईसित अनुरोध गर्छु कि तपाईले यस मामिलामा सर्वोच्च प्राथमिकताको साथ हस्तक्षेप गरून् र यमनका अधिकारीहरूको साथ सबै सम्भव राजनयिक उपाय गर्ने अनुरोध गरेर मृत्युदण्ड रद्द होस् भनी सुनिश्चित गरून्।
37 वर्षीय निमिषा प्रिया साल 2008 मा यमन गएकी थिइ। त्यहाँ धेरै अस्पतालहरूमा काम गरेपछि उसले एक क्लिनिक खोलिन्, जसमा यमनी नागरिक तलाल मेहदीलाई पार्टनर बनाइयो। मेहदीले उसको पासपोर्ट जफत गऱ्यो र उसलाई लगातार दिक्क लगाउन थाल्यो। साल 2017 मा पासपोर्ट फिर्ता लिने प्रयासमा निमिषाले मेहदीलाई नशाको इन्जेक्शन दिइन्, जसबाट उसको मृत्यु भयो। यसपछि यमन छोड्ने क्रममा निमिषालाई एयरपोर्टमा पक्राउ गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी