नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारले निजी क्षेत्रमा रोजगारको नयाँ अवसरहरूको निर्माणमाथि पनि जोड दिएको बताएका छन्। सरकारले हालमा एक नयाँ योजना ‘‘एम्प्लोयमेन्ट लिंक्ड इन्सेन्टिव स्कीम’ लाई स्वीकृति दिएको छ। यस अन्तर्गत सरकारले निजी क्षेत्रमा पहिलो पल्ट रोजगार पाउने युवाहरूलाई 15,000 रूपियाँको सहायता दिनेछ। यसको निम्ति एक लाख करोड़ रूपियाँको बजेट तय गरिएको छ। यसको माध्यमले लगभग 3.5 करोड़ नयाँ रोजगार सृजित हुने सम्भावना छ।
प्रधानमन्त्रीले भीडियो कन्फ्रेन्सिङको माध्यमले रोजगार मेलमा 51,000 भन्दा धेरै युवाहरूलाई नियुक्ति पत्र वितरित गरे। यी युवाहरूलाई सरकारका विभिन्न विभागहरू र संगठनहरूमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीले भने, यो दिन युवाहरूका लागि नयाँ दायित्वहरूको शुरूआत हो। उनले 'नागरिक प्रथम' को सिद्धान्तलाई दोहोऱ्याउँदै सबै नव-नियुक्त कर्मचारीहरूलाई राष्ट्र सेवाको संकल्प लिनको निम्ति प्रेरित गरे। उनले भने, युवाहरूलाई नियुक्ति पत्र दिने अभियान लगातार जारी छ र बिना पर्चा बिना खर्चाको नोकरी हाम्रो पहिचान पनि हो।
प्रधानमन्त्रीले आफ्नो पाँच देशको हालको यात्राको उल्लेख गर्दै भने, हामीले अन्य देशहरूको साथ जेपनि समझौता गरेका छौं, त्यसबाट हाम्रा युवाहरूलाई निश्चित रूपमा लाभ मिल्नेछ। आज विश्वले भारतसित दुई असीमित शक्ति रहेको स्वीकार गरेको छ। एक डेमोग्राफी र दोस्रो डेमोक्रेसी अर्थात् सबैभन्दा ठूलो युवा जनसंख्या र सबैभन्दा ठूलो लोकतन्त्र।
उनले बताए, देशमा मेक इन इण्डिया र पीएलआई स्कीमको माध्यमले 11 लाखभन्दा धेरै रोजगार श्रृजना भएको छ। मोबाइल र इलेक्ट्रोनिक्स निर्माण क्षेत्रमा अभूतपूर्व वृद्धि भएको छ, जसबाट लाखौं युवाहरूले रोजगार पाएका छन्। रक्षा उत्पादन, रेलवे निर्माण र अटोमोबाइल क्षेत्रमा पनि जोडदार प्रगति दर्ता गरिएको छ।
प्रधानमन्त्रीले भने, प्रधानमन्त्री आवास योजना, स्वच्छ भारत मिशन, उज्ज्वला योजना, पीएम सूर्य घर योजना र नमो ड्रोन दिदी जस्ता योजनाहरूले ग्रामीण क्षेत्रहरूमा व्यापक स्तरमा रोजगार दिएको छ। गत 10 वर्षमा 25 करोड़ मानिसहरू गरीबीदेखि बाहिर निस्केका छन्, जुन सरकारको रोजगारोन्मुख योजनाहरूको प्रमाण हो। विभिन्न योजनाहरूको माध्यमले महिलाहरूलाई आर्थिक रूपले सशक्त गरिएको छ। लखपति दिदी मिशन अन्तर्गत अहिलेसम्म 1.5 करोड़ महिलाले यस लक्ष्यलाई प्राप्त गरिसकेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी