नया दिल्ली, 12 जुलाई (हि.स.)। नकली दवाईको 15 वर्ष पुरानो मामिलामा दोषी ठहर गरिएका बिहार सरकारका मन्त्री जीवेश मिश्रामाथि कांग्रेस हमलावर भएको छ। कांग्रेस पार्टीले उनीसित तत्काल राजीनामाको माग गरेको छ।
कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले भनिन्, सार्वजनिक जीवनमा रहने व्यक्तिको जवाबदेही आम नागरिकहरूभन्दा धेरै अधिक हुन्छ, यस्तो स्थितिमा मिश्रा नैतिकताको आधारमा स्वयं मन्त्री पदबाट हट्नुपर्छ। नकली दवाईहरूको मामिला अघि आएपछि अहिलेसम्म कति कम्पनीहरूमाथि कारबाही भयो, कति दवाई जफत गरियो र अहिलेसम्म कति जाँचहरू गरिएको छ ? यो सब सरकारले बताउनुपर्छ।
बिहार सरकारका मन्त्री जीवेश मिश्रा राजनीतिमा आउन अगाड़ी दवाई कारोबारसित जोड़िएका थिए र अल्टो हेल्थकेयर प्राइवेट लिमिटेडको डायरेक्टर थिए। 2010 मा राजस्थानको कंसारा ड्रग्स डिस्ट्रीब्यूटरबाट लिइएको दवाई सिप्रोलिन 500 को जाँचमा मिलावट पाइएको थियो, जसको सप्लाई मिश्राको कम्पनी समेत अन्य दुई कम्पनीहरूले गरेका थिए। यस मामिलामा राजस्थानको राजसमन्द कोर्टले 4 जून 2025 मा मिश्रा सहित 9 जनालाई दोषी ठहर गऱ्यो। 01 जुलाईमा कोर्टले उनलाई अफेन्डर प्रोबेशन एक्ट अन्तर्गत राहत दिँदै केवल जरिमाना लगाएर रिहा गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी