प्रधानमन्त्रीले ‘मराठा सैन्य परिदृश्यहरू’ लाई यूनेस्कोको विश्व धरोहर सूचीमा सामेल गरिएकोमा खुशी व्यक्त गरे
किल्ला


नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको मराठा सैन्य परिदृश्यहरूलाई यूनेस्कोको विश्व धरोहर सूचीमा सामेल गरिएकोमा अत्यधिक गर्व र प्रसन्नता व्यक्त गरेका छन्। उनले मानिसहरूसित 12 ऐतिहासिक किल्लाहरूको धरोहर हेर्ने आग्रह गर्दै बताए, यसमध्ये 11 किल्ला महाराष्ट्रमा र एक तमिलनाडूमा स्थित छ। मराठा साम्राज्यको महत्वमाथि प्रकाश पार्दै उनले भने, जब हामीले गौरवशाली मराठा साम्राज्यको कुरा गर्छौं तब हामीले यसलाई सुशासन, सैन्य शक्ति, सांस्कृतिक गौरव र सामाजिक कल्याणसित जोड्छौं। महान शासकले कुनैपनि अन्याय सामू नझुक्ने आफ्नो साहसबाट हामीलाई प्रेरित गर्छन्।

उनले नागरिकहरूसित मराठा साम्राज्यको समृद्धि इतिहासबारे जान्न यी किल्लाहरूको दौड़ाह गर्ने आग्रह गरे।

प्रधानमन्त्रीले 2014 मा रायगढ़ किल्लाको आफ्नो यात्राको सम्झनाहरू साझा गरे, जसमा एउटा फोटो पनि सामेल थियो, जसमा उनले छत्रपति शिवाजी महाराजलाई श्रद्धाञ्जलि अर्पित गरेका थिए।

यस सम्बन्धमा यूनेस्कोको एक्स पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले भने, हरेक भारतीय यस सम्मानले अभिभूत छ। यी 'मराठा सैन्य परिदृश्यहरू' मा 12 भव्य किल्ला सामेल छन्, जसमध्ये 11 महाराष्ट्रमा र 1 तमिलनाडुमा छ। जब हामी गौरवशाली मराठा साम्राज्यको कुरा गर्छौं तब हामीले सुशासन, सैन्य शक्ति, सांस्कृतिक गौरव र सामाजिक कल्याणमाथि जोड दिँदछौं। महान शासकले कुनैपनि अन्याय सामू नझुक्ने आफ्नो साहसबाट हामीलाई प्रेरित गर्छन्। म सबैसित यी किल्लाहरूलाई हेर्ने र मराठा साम्राज्यको समृद्ध इतिहासबारे जान्ने आह्वान गर्दछु।

एक अन्य पोस्टमा प्रधानमन्त्रीले भने, यहाँ 2014 मा रायगढ़ किल्लाको मेरो यात्राका फोटोहरू। छत्रपति शिवाजी महाराजलाई नमन गर्ने अवसर पाए। त्यस यात्रालाई सदैव साँचेर राख्नेछु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande