कांग्रेस विधायक सुब्बा रेड्डीको घर समेत बेङ्गलुरूमा 5 ठाउँ ईडीको रेड
कांग्रेस विधायक सुब्बा रेड्डीको घर समेत बेङ्गलुरूमा 5 ठाउँ ईडीको रेड


बेङ्गलुरू, 10 जुलाई (हि.स.)। विदेशी मुद्रा प्रबन्धन अधिनियम (फेमा) को उल्लङ्घन गरेको आरोपमा प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार बिहान कांग्रेस विधायक बी सुब्बा रेड्डीको घर समेत बेङ्गुलूरमा कूल पाँच ठाउँ छापामारी गऱ्यो।

चिकबल्लापुर जिल्लाको बागेपल्ली विधानसभा क्षेत्रको प्रतिनिधित्व गर्ने सुब्बा रेड्डीको आवास, उनका परिजनहरूको सम्पत्तिहरू र उनको व्यावसायिक साझेदारहरूको परिसरहरूमा तलाशी लिइएको छ। मलेशिया, हाङकाङ र जर्मनीमा रहेका ब्याङ्क खाताहरू र विदेशी सम्पत्तिहरूसित सम्बन्धित दस्तावेजहरूलाई लिएर छानबीन भइरहेको छ।

आधिकारिक सूत्रहरू अनुसार, विदेशी लेन-देन र निवेशसित जोड़िएको महत्वपूर्ण दस्तावेज फेला पर्ने सम्भावनाको मध्यनजर ईडीको टीमले यो कारबाही गरेको छ। विधायकका आफन्तहरू विरूद्ध पनि जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande