नयाँ दिल्ली, 10 जुलाई (हि.स.)। गुजरातमा महिसागर नदीमा वडोदरा र आणंदलाई जोड्ने पुल भत्किँदा अहिलेसम्म 15 जनाको ज्यान गइसकेको छ जबकि धेरै जना अहिलेपनि बेपत्ता छन्। बुधवार भएको यस दुर्घटनालाई लिएर कांग्रेस नेता जिग्नेश मेवाणीले यसलाई सरकारी लापरवाहीको परिणाम बताए।
मेवाणीले भने, गत केही वर्षमा गुजरातमा धेरै दुर्घटनाहरू घटे, जसको पछाड़ी सरकारी अदेखा र भ्रष्ट तन्त्रको भूमिका रहेको छ। जुन गम्भीरा पुल भत्किँदा यो दुर्घटना घट्यो, त्यसबारे लामो समयदेखि स्थानीय मानिसहरू र कांग्रेस नेता अमित चावड़ाले पुल जर्जर हुनलाई लिएर सरकारलाई दुई पल्ट चिट्ठी लेखेर चेताएका थिए तर कुनै कारबाही गरिएन।
हिन्दुस्थान समाचार / भवानी थामी