वडोदरा, 10 जुलाई (हि.स.)। आणंद र वडोदरा शहरलाई जोड्ने गम्भीरा पुल दुर्घटनामा मर्नेहरूको संख्या बढ़ेर 15 पुगेको छ। प्रशासनको भनाई छ, अहिलेपनि तीन जना बेपत्ताको खोजीमा रेस्क्यू अपरेशन जारी छ। नदीमा थप दुई वाहन फंसेको हुनसक्ने आशंका छ। एक दिन अगाड़ी बुधवार बिहान यो दुर्घटना घटेको थियो।
कलेक्टर अनुसार, दुर्घटनाको चपेटमा परेर जुन अन्य दुई वाहन नदीमा झर्न लागेका थिए, त्यसलाई सुरक्षित माथि ल्याइएको छ। वडोदरा (ग्रामीण) का पुलिस अधीक्षक रोहन आनन्दले बताए, पुलको 10 देखि 15 मीटर लामो स्ल्याब बिहान ढल्यो।
राज्य सरकारका प्रवक्ता एवं क्याबिनेट मन्त्री ऋषिकेष पटेलले बताए, राज्य सरकारले यस नदीमा नयाँ पुल बनाउने त्वरित स्वीकृति दिएको छ। यसको निम्ति 212 करोड़ रूपियाँ आवंटित गरिएको छ। राज्य सरकारले दुर्घटनाको जाँचको आदेश दिएको छ।
गम्भीरा ब्रिज 900 मीटर लामो छ, जसको उद्घाटन साल 1985 मा भएको थियो। तीन वर्ष अगाड़ी प्रशासनद्वारा यसको जाँच गराइएको थियो र त्यस समय रिपोर्ट नेगेटिभ आएको थियो। तरैपनि पुल आवागमनको निम्ति चालू राखिएको थियो। भनिन्छ, नौ दिन अगाड़ीपनि यसको निरीक्षण गरिएको थियो। नदीमा पानी कम भएकोले दुर्घटनामा थप मानिसहरूको ज्यान गएन।
हिजो अबेर रातिसम्म राहत एवं बचाउ कार्य चल्यो। नदीमा हिलो र सिरेमिक टाइल्स भरेको ट्रकलाई हटाएर त्यहाँ खोजबीन गरिँदैछ। कलेक्टर सहित अन्य अधिकारी बिहानदेखि लगातार घटनास्थलमा रहेर बचाउ कार्यको निगरानी गरिरहेका छन्।
अबेर राति फ्लड लाइट लगाएर यो कारबाही गरियो। ट्रक तान्न वायर मगाइएको थियो। त्यसलाई हिटाची मशीनसित बाँधेर सीधा गरियो, जसबाट तीन जनाको शव निकालियो। शवलाई पादरा स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सकीय परीक्षणपछि उनीहरूका परिजनहरूलाई सुम्पियो।
यस अगाड़ी अबेर राति भेटिएका शवहरूमध्ये एकको पहिचान भइसकेको छ, जसमा एक द्वारकाको महेन्द्रभाई पर्वतभाई हथिया र दोस्रो आंकलावको विष्णुभाई रावल सामेल छन्।
घटनाको गम्भीरतालाई मध्यनजर राखेर राज्य सरकारद्वारा सड़क र भवन विभागका अभियन्तालाई घटनास्थलमा पठाइएको छ। पुनम पर्वको कारण माहि नदीमा जलप्रवाह बढ्न अगाड़ी यथासम्भव कार्य छिटोभन्दा छिटो पूरा गर्नका लागि सम्पूर्ण प्रशासन पूरा मेहिनतको साथ जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी